×

सहकारी ठगी प्रकरण

कानूनमन्त्रीको दाबी– संसदीय छानबिनबारे सहमतिनजिक पुगेका छौं, दिनभरीमा टुंगो लाग्छ

काठमाडाैं | जेठ ११, २०८१

सहकारी ठगी सम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति गर्न गठित कार्यदलका संयोजक कानूनमन्त्री पदम गिरीले सहमति नजिक पुगिएको दाबी गरेका छन् । शुक्रवार दिनभरि सहमतिमा पुग्ने उनले बताए । 

शुक्रवार बसेको कार्यदल बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै गिरीले सहमतिको धेरै नजिक पुगेको बताए । आजै ४ बजे बालुवाटारमा शीर्ष नेतासहित छलफल गरिने उनले बताए । ‘सहमतिको धेरै नजिक पुगेका छौं, दिनभरीमा समस्या समाधानको स्थानमा पुग्छौं,' गिरीले भने, ‘उपप्रधानमन्त्री लामिछानेको  नामलाई लक्षित गरेर भन्दापनि संसददेखि संचार माध्यममा उठेका विषयको समाधान गर्नेगरी समिति बनाउने पक्षमा हामी छौ । प्रतिपक्षी दलका साथीहरू पनि संसदमा उठाउँदै आएको स्पिरिट नमर्नेगरी समिति बनाउन सकारात्मक हुनुहुन्छ ।’


Advertisment

संसद् भवनमै पुनः छलफल गरेर अपरान्ह ४ बजे बालुवाटारमा फेरि छलफल हुने उनले बताए । कांग्रेसले भने सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा छ ।


Advertisment
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x