×

साउदी अरबबाट ६ इरानी पत्रकार निष्कासित

काठमाडाैं | जेठ १६, २०८१

साउदी अरबले एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका छ इरानी पत्रकारलाई निष्कासन गरेको छ । इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको बुधबार बताएको छ । 

“तिनीहरूलाई गत साता मङ्गलबार मदिनामा पैगम्बर मोहम्मदको मस्जिदमा पवित्र कुरान पाठको रेकर्डिङ गर्ने क्रममा पक्राउ गरिएको थियो”, सरकारी टेलिभिजनले भनेको छ, “धेरै घन्टासम्म सोधपुछ गरिएपछि तिनीहरूलाई बिना कुनै कारण मदिनामा केन्द्रीय प्रहरी हिरासतमा लगियो ।”


Advertisment

अधिकांश शिया–बहुमत इरानको लामो समयदेखिको क्षेत्रीय प्रतिद्वन्द्वी सुन्नी–बहुमत साउदी अरबले कथित पक्राउ र निष्कासनबारे सार्वजनिकरूपमा कुनै टिप्पणी गरेको छैन । 


Advertisment

“हामीलाई अझै पनि यो मामिलाको सटीक कारण थाहा छैन”, राज्य टेलिभिजन प्रमुख पेमन जेबेलीले तेहरानको इमाम खुमेनी विमानस्थलबाट प्रसारकलाई भने । विमानस्थलमा उनले इरान फर्केका पत्रकारहरूसँग भेटेका थिए। 

टेलिभिजन च्यानलका अनुसार पत्रकारहरू वार्षिक हज यात्राको समाचार बनाउन साउदी अरबमा थिए । हज यात्रा यस वर्षको जुनको मध्यमा आयोजना गरिने छ । दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध तोडिएपछि साउदी अरबले वर्षभरि हुने सानो तीर्थयात्रा उमरामा सहभागी हुन इरानीहरूमाथि करिब एक दशक लामो प्रतिबन्ध लगाएको थियो । 

शिया धर्मगुरु निम्र अल–निम्रलाई रियादले मृत्युदण्ड दिएपछि इरानमा रहेको साउदी कूटनीतिक नियोगमा आक्रमण भएपछि दुवै क्षेत्रीय शक्तिले सन् २०१६ मा तोडेका थिए । रियादले कोभिड महामारीको बेला हजका लागि विदेशीहरूलाई मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । 

तेहरान र रियादले सम्बन्धलाई पुनःस्थापना गर्न र आफ्ना सम्बन्धित दूतावास पुनः खोल्नका लागि चिनियाँ मध्यस्थताको सम्झौतामा सहमति जनाएपछि इरानका तीर्थयात्रीहरूलाई गत वर्ष हजमा सहभागी हुन अनुमति दिइएको थियो । 

यस वर्षसम्म उमरामा तीर्थयात्रा इरानीहरूलाई सीमित रहेको थियो र यसको पुनः सुरुआतलाई सम्बन्ध न्यानो भएको सङ्केतका रूपमा हेरिएको थियो । गत महिना उमराका लागि तीर्थयात्रीहरू तेहरानबाट रियादका लागि प्रस्थान हुँदा उनीहरूलाई इरानमा साउदी राजदूत अब्दुल्लाह बिन साउद अल–अनाजीको उपस्थितिमा आयोजित समारोहमा विदाइ गरिएको थियो । 

हजको विपरीत मुसलमानहरू वर्षको कुनै पनि समयमा मक्कामा उमरा तीर्थयात्रा गर्न सक्छन् । उमरा इस्लामको पाँच स्तम्भमध्येको एक हो । यो चन्द्र पात्रोअनुसार निश्चित तिथिहरूमा हुन्छ । 

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x