![काठमाडौंमा चट्याङसहित हावाहुरीः आन्तरिक हवाई उडान प्रभावित [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/chatyang_cl0uaYfpjN.jpg)
मौसम खराबीका कारण देशभरका आन्तरिक हवाई उडान प्रभावित भएका छन् । बिहीबार साँझ काठमाडौं उपत्यकालगायत अधिकांश ठाउँमा चट्याङसहित हावाहुरी चलेपछि आन्तरिक उडानहरू प्रभावित भएका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले तीनवटा उडान प्रभावित भएको बताए ।
उनका अनुसार झापाको चन्द्रगढीबाट काठमाडौं आउन लागेका बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि जनकपुर पठाइएको हो ।
त्यस्तै काठमाडौंबाट जनकपुर उडान भर्न लागको श्री एयरलाइन्स र यती एयरलाइन्सको जहाजसमेत हावाहुरीका कारण काठमाडौंकै विमानस्थलमा रोकिएका छन् ।
बुद्ध एयरका सिनियर मेनेजर रत्न राईका अनुसार सबै जसो उडान प्रभावित भएका छन् ।
यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा अवतरण हुन लागेको जहाज अवतरण हुन नसकेर काठमाडौं फर्किएको र काठमाडौंमा समेत अवतरण गर्न नमिलेपछि जनकपुर जान लागेको सामाजिक सञ्जालमार्फत जनाएका गरेका छन् ।

हावाहुरीका कारण उपत्यकामा रुख पनि भाँचिएका छन् । जसले गर्दा सवारी आवागमनमा बाधा आएको छ ।

हेरौं भिडियोः