×

NIC ASIA

राष्ट्रिय चेस च्याम्पियनसीप प्रतियोगिता हुँदै

काठमाडाैं | जेठ १७, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेण्ट म्यानेजमेन्टको आयोजनामा यही जेठ १९ देखि २४ गतेसम्म राष्ट्रिय चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी लाजिम्पाटस्थित हिमालय होटलमा २४औँ खुला एवं नवौँ महिला राष्ट्रिय च्याम्पियनसीप प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।

  राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसीपको दुवै विधामा १२/१२ जना खेलाडी सहभागिता रहने बताइएको छ । नेशनल ‘बी’ च्याम्पियनसिपबाट छनौट भएका पुरुष र महिला नौ/नौ जना तथा २३औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरु सहभागिता हुने जनाइएको छ । राष्ट्रिय प्रतियोगितामा २३औँ नेशनल च्याम्पियनसीपका विजेता रुपेश जयसवाल, उपविजेता क्षितिज भण्डारी र सुरवीर लामा र आठौँ नेशनल च्याम्पियनसीपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उपविजेता सुशीला गुरुङ र शान्ति धिमालले प्रतिष्पर्धा गर्नेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

  हालै भक्तपुरमा सम्पन्न नेशनल ‘बी’ बाट छनौट भएका खेलाडीहरु पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, सुरोज महर्जन, प्रकाशचन्द्र नेपाल, प्रेमकृष्ण महर्जन, राजन सुवेदी, राजिव कार्की र श्रुसुरत दाहालले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।  त्यसैगरी महिला प्रतिस्पर्धीबाट नेशनल ‘बी’ मा छनौट भएका कृतिसारा अधिकारी, सिन्दिरा जोशी, रिया श्रेष्ठ, पूजा भण्डारी, विनिता कपाली, अंशुदिल प्रजापती, पूनम प्रसाईँ, श्रेया दुवाल र सविना गुजले प्रतिस्पर्धा गर्नेछन् ।


Advertisment
Rupse Holidays
Nabil box

      सुरवीर लामा थाइल्याण्ड र सुजना लोहनी अष्ट्रेलियामा रहेका कारण वैकल्पिक खेलाडी खुलामा सुशील चौधरी र महिलातर्फ प्रसन्न किवनायोले उनीहरुको स्थानमा प्रतिस्पर्धा गर्ने  आयोजकले जनाएको छ ।  त्यसैगरी, सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडको लागि पुरुषतर्फबाट तीन जना र महिलाबाट चार जनाले सहभागिता सुनिश्चित गर्नेछन् ।

Vianet communication

     प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसीपमा शीर्ष तीनमा रहने खेलाडीले आगामी वर्ष हुने २५औँ खुला तथा दशौँ महिला राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल ‘बी’ मा प्रतिस्पर्धा गर्नुपर्नेछ । च्याम्पियनसीपको अनुमानित लागत रु १३ लाख ५० हजार रहेको आयोजकले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x