×

५ जिल्लाका २९ कार्यालयमा सतर्कताको छड्के

प्रमुख सचिव काज लेखेर घरतिर टाप, छड्केमा परिसकेपछि रातोमाथि नै हाजिरी !

काठमाडाैं | जेठ २४, २०८१

राष्ट्रिय सतर्कता केन्द्रले जेठ १३ देखि २२ गतेसम्म ६ जिल्लाका २९ सरकारी कार्यालयमा अनुगमन गरेर बिदा स्वीकृत नगरी अनुपस्थित रहेका ४०१ कर्मचारीहरूको हाजिरीमा रातो लगाएको छ ।

चितवन, पर्सा, बारा, धनुषा र सिन्धुली जिल्लाका सरकारी र सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूको समयपालन अनुगमन गर्दा ४१० कर्मचारी गयल रहेको पाइएको हो ।


Advertisment

२ जना प्रदेश सचिव, ५ जना कार्यालय प्रमुख, ७० जना अधिकृत कर्मचारी र अन्य तहका ३२४ जना कर्मचारीहरू बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएपछि उनीहरूको हाजिरीमा केन्द्रबाट खटिएको टोलीले रातो लगाएर गयल गरिदिएको हो ।


Advertisment

हेर्नुहोस्, ४०१ छड्केमा परेका कार्यालयको विवरण :

null

null

सचिव कार्यालय जान्छन्,तर हाजिरी गर्दैनन्

मधेश प्रदेशका विभिन्न मन्त्रालयहरूमा सचिवले हाजिरी नगर्दा अन्य कर्मचारीहरू पनि अनुपस्थित हुने गरेको पाइएको छ ।

केही दिन हाजिरी गर्ने र बीचमा खाली छाडेर पुनः केही दिनपछि हाजिरी गर्ने प्रवृत्ति देखिएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव र भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव राजकुमार गोइतलाई केन्द्रले अनुगमनका क्रममा गयल गरेको छ ।

जेठ २० गते ११;१५ बजे केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालयमा अनुगमन गर्दा निमित्त सचिव राजकुमार गोइत २०८१ वैशाख २१ देखि जेठ २० गतेसम्म अनुपस्थित रहेको पाइयो । जबकि गोइत भने मन्त्रालयमा जाने गरेका छन् । काम पनि गर्ने गरेका छन्, तर हाजिरी भने गर्दैनन् । केन्द्रको टोलीले वैशाख २१ देखि जेठ २० गतेसम्म गोइतको हाजिरी पुस्तिकामा रातो लगाएर गयल गरिदिएको केन्द्रका प्रहरी उपरीक्षक बुद्धिराम खनालले  बताए ।

उक्त मन्त्रालयमा निमित्त सचिवसहित १६ जना कर्मचारीहरूको हाजिरी पुस्तिकामा रातो लगाइएको छ ।

सोही मन्त्रालयका सीडीई सरोजकुमार गोइत वैशाख २ देखि ३ गते सम्म र जेठ ९ गतेदेखि २० गतेसम्म अनुपस्थित रहेका थिए ।

लेखा अधिकृत जितेन्द्रप्रसाद यादव वैशाख ३१ गते र जेठ १४ देखि २० गतेसम्म, इन्जिनियर सन्तोषकुमार यादव र कानून अधिकृत लक्ष्मण राई जेठ २० गते अनुपस्थित पाइएका थिए ।

भौतिक मन्त्रालयमा छड्केमा परेका कर्मचारीको विवरण :

null

null

त्यसैगरी, मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जेठ २० गते १:३० बजे केन्द्रले अनुगमन गर्दा सचिवसहित ११ जना कर्मचारीहरू अनुपस्थित पाइएका थिए ।

सचिव डा. प्रमोदकुमार यादव वैशाख २५ देखि जेठ ४ गतेसम्म र जेठ ७ गतेदेखि २० गतेसम्म अनुपस्थित पाइएपछि गयल गरिएको थियो । तर, केन्द्रको टोली फर्किएपछि सचिव यादवले रातो लगाएको ठाउँमा हाजिरी गरेको उक्त मन्त्रालयका एक कर्मचारीले बताए । यस विषयमा उनीसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

उक्त मन्त्रालयमा शाखा अधिकृत रवीन्द्रप्रसाद यादव, फार्मेसी अधिकृत उज्ज्वल यादवसहित ११ जना कर्मचारीहरू छड्केमा परेका थिए । 

हेर्नुहोस्, स्वास्थ्य मन्त्रालयमा छड्केमा परेका कर्मचारीको विवरण :

null

प्रमुख सचिव नै काज लेखेर गाउँ हिँडेको पाइयो

मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल पनि केन्द्रले अनुगमन गरेको दिन रौतहट काज लेखेर आफ्नो घर गएका थिए ।

रौतहटमा काज भनेर हाजिरी पुस्तिकामा उल्लेख थियो ।

'तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवलाई सोधेर नै प्रमुख सचिव आफ्नो घर झापा पुगेका थिए । तर, हाजिरीमा भने रौतहट काज लेखेको पाइयो,' केन्द्र स्रोतले लोकान्तरसँग भन्यो, 'उहाँको आमाको वर्षी थियो । प्रमुख सचिवकोमा रातो लगाउने अख्तियारी  हामीसँग नहुने हुनाले रातो लगाएनौं ।'

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ११ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको थियो ।

अग्रिम हाजिरी गरेर टाप

मधेश प्रदेशमा कर्मचारीहरू अग्रिम हाजिरी गरेर पनि घर टाप कस्ने गरेको पाइएको छ । श्रम तथा यातायात मन्त्रालयका सहायक शाखा अधिकृत सरोजकुमार यादव अग्रिम हाजिरी गरेर घर गएको पाइएको थियो । केन्द्रको अनुगमन टोलीले जेठ २० गते ११:४५ बजे श्रम तथा यातायात मन्त्रालयमा छड्के गर्दा यादवले जेठ २१ गते सम्मको हाजिरी गरेका थिए ।

अनुगमन टोलीका सदस्य समेत रहेका प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालका अनुसार यादवले जेठ २१ गतेसम्म हाजिरी गरेका थिए । 'हामी जेठ २० गते अनुगमन गर्न गएका थियौं । उनले जेठ २१ गते सम्म अग्रिम हाजिरी गरेका थिए । जेठ २० गते नै खोज्दा उनी मन्त्रालयमा भौतिक उपस्थित थिएनन्,' खनालले लोकान्तरसँग भने, 'उनी जेठ १० देखि १४ गतेसम्म अनुपस्थित थिए भने जेठ २१ मा पनि अग्रिम हाजिरी गरेका कारण हामीले रातो लगाएका थियौं ।'

उक्त मन्त्रालयका मेकानिकल इन्जिनियर अमितकुमार दास, सहायक लेखापाल राजाराम मण्डल, सहायक शाखा अधिकृत सञ्जय खतिवडासहित ४ जनाको हजिरीमा रातो लगाइएको थियो ।

अग्रिम हाजिरी गरेर गायब भएका कर्मचारीको विवरण :

null

कार्यालय प्रमुखहरू नै गायब

केन्द्रले गरेको अनुगमनमा कतिपय कार्यालयका कार्यालय प्रमुखहरू नै गायब रहेको पाइएको थियो । जेठ १४ गते डिभिजन सडक कार्यालयमा २:१२ बजे अनुगमन गर्दा डिभिजन प्रमुख अनुपस्थित थिए ।

डिभिजन सडक भरतपुका प्रमुख रमेश प्रसाद पौडेल, डिभिजन वन अधिकृत चितवनका प्रमुख थिरबहादुर कार्की, इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख समेत रहेका उपसचिव पदमप्रसाद बजगाईं, जिल्ला हुलाक कार्यालय पर्साका कार्यालय प्रमुख नमोनाथप्रसाद यादव र नापी कार्यालय चितवनका प्रमुख अनुपस्थित रहेको पाइएको थियो ।

स्थानीय तहमा कार्यालय समयमै ताला लगाएर टाप

कर्मचारीहरू सबैभन्दा बढी अनुपस्थित भने स्थानीय तहमा हुने गरेको अनुगमनबाट पाइएको छ ।

बाराको महागढीमाई नगरपालिकामा अनुगमन टोली १०:३० बजे पुग्दा समेत कार्यालय प्रमुख र प्रशासन शाखाको कार्यकक्षमा ताला लागेको पाइएको खनालले बताए । त्यहाँ ३७ जना कर्मचारीहरूको हाजिरीमा रातो लगाइएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकामा अनुगमन गर्दा एकसाथ ९३ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिका मा ४० जना अनुपस्थित पाइएपछि रातो लगाइएको उनले बताए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा २९ जना, रौतहटको मौलापुर नगरपालिकामा ९ जना, बाराको प्रसौनी गाउँपालिकामा १५ जना, रौतहटको राजपुर नगरपालिकामा २५ जना कर्मचारीहरू अनुपस्थित थिए ।

स्थानीय तहमा प्रायः कार्यालय प्रमुख र लेखा प्रमुखहरू अनुपस्थित हुने गरेको खनालले बताए । समय पालना नगर्ने कर्मचारीहरूलाई निजामती सेवा ऐन,२०४९ को दफा ५५ (क) बमोजिम र करार वा अन्य सेवाका कर्मचारीहरूलाई सेवासम्बन्धी प्रचलित कानूनबमोजिम कारबाही गरी सोको अभिलेख सम्बन्धित कर्मचारीको व्यक्तिगत फाइलमा समेत राखी १५ दिनभित्र विवरण पठाउन केन्द्रले अनुगमन गरिएका सबै कार्यालयलाई पत्राचार गरेको छ ।

  हेर्नुहोस्, थप कागजात :

null

null

null

null

null

null

null

null

null

null

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x