×

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल

सुर्खेत | जेठ २८, २०८१

 युवा तथा खेलकुद विकासमन्त्री विराजभक्त श्रेष्ठ र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच आगामी मङ्सिरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विषयमा छलफल भएको छ । 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशमा पूर्वाधारको अवस्था, स्रोत र आयोजना व्यवस्थापनबारे छलफल भएको हो । 


Advertisment

मुख्यमन्त्री कँडेलले प्रतियोगिता सम्बन्धमा सम्पादन गर्नुपर्ने नीतिगत व्यवस्था र पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले निर्वाह गर्ने दायित्वका विषयमा ध्यानाकर्षण गराएका थिए। 


Advertisment

प्रतियोगिता सञ्चालन सम्बन्धमा समन्वय समिति, खेलस्थल व्यवस्थापन समिति बनाउने विषयमा पनि कँडेलले मन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए । 

साथै कर्णाली प्रदेशले पठाएको प्रतियोगिताको लोगो तय गर्न आग्रह गर्दै मुख्यमन्त्री कँडेलले प्रतियोगिता व्यवस्थापनका समग्र पक्षबारे छिटो टुङ्गोमा पुग्नुपर्ने धारणा राखे । 

खेलकुद मन्त्री श्रेष्ठले आयोजनाको सम्पूर्ण व्यवस्थापन प्रदेशले नै गरोस् भन्ने आफ्नो धारणा रहेको बताएका थिए । यस विषयमा चाडै निष्कर्षमा पुग्न आफ्नो तर्फबाट पहल गर्नेसमेत बताए । 

छलफलमा सामाजिक विकास मन्त्री वीरबहादुर शाही, राखेप सदस्य सचिव, मन्त्रालयका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुखलगायत सरोकार भएकाहरुको सहभागिता रहेको थियो।

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x