×

सरकारी कार्यालयमा घुस बुझाउनेको काम हुने अरूको नहुने अवस्था अन्त्य गरौं : पौडेल

काठमाडाैं | जेठ २९, २०८१

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी निकायमा पहुँच हुने र घुस खुवाउनेको मात्रै काम हुने अवस्था अन्त्य गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले पहुँचवालाको काम गरेर महिला, निमुखा र विपन्नलाई हेप्ने अवस्था अन्त्य गर्न माग गरेका हुन् ।


Advertisment

‘सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने अवस्था छ । पहुँच पुगेका मानिसको काम हुने, रिसवत बुझाउनेको काम हुने तर अरूको नहुने अवस्था छ,’ पौडेलले भने, ‘विशेष गरेर महिला, निमुखा र विपन्न मान्नेलाई असाध्यै हेप्ने अवस्था । सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको स्थिति छ ।’


Advertisment

यसैले सेवाग्राहीको काम नभएको विषयमा लिखित जवाफ दिने व्यवस्थाको माग पौडेलले गरेका छन् ।

‘सेवाग्राहीले लगेको काम कर्मचारीले किन नगरेको ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं । सबै सरकारी कार्यालयले सेवाग्राहीको काम कुन कानून नमिलेको कारणले, लिखित रुपमा अनिवार्य जवाफ दिने व्यवस्था गरियो भने भ्रष्टाचार पन न्यूनीकरण हुन्छ,’ पौडेलले भने, ‘सरकारी कार्यालयले सुलभ रुपमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन पनि सक्छ । सरकारको प्रभावकारिता पनि देखिन्छ । त्यसैले लिखित जवाफको अनिवार्य व्यवस्था गरौं ।’ 

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x