×

महाकाली अस्पतालबाट १० महिनामा लिए एक लाखभन्दा बढीले सेवा

काठमाडाैं | जेठ २९, २०८१

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए ।

त्यस्तै तीन हजार आठ सय ६३ जनाले खोप सेवा, दुई सय १९ जनाले शल्यक्रिया, एक हजार सात सय ९१ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । १२ हजार तीन सय १७ जनाले भिडियो–एक्सरे सेवा लिएको अस्पतालबाट पाँच सय १६ जनाले यो अवधिमा ‘इसिजी’ सेवा लिएको अस्पतालको भनाइ छ ।


Advertisment

त्यसैगरी चालु आवको वैशाखसम्म एचआइभिका २२ र क्षयरोगका ६६ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । केही समयअघि मात्रै अस्पतालले सुरु गरेको डायलासिस सेवातर्फ एक हजार आठ सय ६१ जनाले निःशुल्क सेवा लिइरहेको अध्यक्ष भट्टको भनाइ छ ।


Advertisment

अस्पतालको आन्तरिक सुधारका साथै भौतिक संरचना निर्माणमा समेत तीव्रता दिइरहेको बताउँदै अध्यक्ष भट्टले विशेषज्ञ सेवा थपका लागि पनि अग्रसरता देखाइएको जानकारी दिए । आठ प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा अझै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भने उपलब्ध छैनन् । ‘यस वर्ष डायलासिस सेवा दश शय्यामा विस्तार गरेका छौँ,’ भट्टले भने,  ‘विशेषज्ञ सेवा विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पहल भएको छ ।’

उनले अस्पतालले सिटी स्याक्न सेवा, अस्पतालका थप संरचना निर्माणदेखि व्यवस्थापनमा माथिल्लो निकायमा पहल गरिरहेको बताए । कुनै बेला चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार हुँदा बिरामीको चाप पनि बढ्दै गएको छ । ‘दैनिक चारदेखि छ सयको सेवाग्राही आइरहेका छन्,’ उनले भने, ‘आकस्मिक सेवामा पनि दैनिक एक सयको हाराहारीको सङ्ख्यामा सेवाग्राही आइरहेका छन् ।’ –रासस 

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x