×

मगरात भूमि अतिक्रमणविरुद्ध बुर्तीवाङमा ​राष्ट्रिय मुक्ति क्रान्तिको सांस्कृतिक प्रतिरोध

बाग्लुङ | जेठ २९, २०८१

​राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध पश्चिम कमान्डले बागलुङको बुर्तीवाङमा ​सांस्कृतिक प्रतिरोध कार्यक्रम गरेको छ ।

जुनतारा पुन मगरको अध्यक्षतामा बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न तथा ढोरपाटन सिकार आरक्षद्वारा स्वदेशी मगरात भूमि अतिक्रमणविरुद्ध कार्यक्रम गरिएको हो ।


Advertisment

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लीय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको गुनासो गरेका थिए ।​


Advertisment

उत्पीडितहरूलाई शासक वर्गले एकजुट हुन नदिएको उनको दाबी थियो । त्यसैले आफू पहाड र हिमालतर्फ उक्लिनु परेको संयोजक महतोले बताए । 'जहाँ-जहाँ विभेद, उत्पीडन, अन्याय, अपमान रहन्छ, त्यहाँ-त्यहाँ राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ,' उनले भने ।
null

यस्तै, नेता केशव झाले ढोरपाटन सिकार आरक्ष क्षेत्रबाट पीडित भएका मुलवासीहरूको समस्या अब हाम्रो समस्या अब राष्ट्रिय मुक्ति क्रान्तिको भएको बताए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म समस्या उजागर गर्ने र समाधान खोज्ने उनको भनाइ थियो ।

'हाम्रो उद्देश्य नै जल, जंगल, जमिन माथि आदिवासी मुलवासीहरूको आधिपत्य स्थापित गराउने हो,' उनले भने ।

सांस्कृतिक झाँकीसहित प्रदर्शन भएको र्‍याली नगर परिक्रमा गरी सभामा परिणत भएको थियो।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ, काठमाडौंका चर्चित युवा नेता सुमन सायमी, नेता अनिल महासेठले सम्बोधन गरेका थिए ।​

null

null

null

null

null

null

null

null

null

null

null

 

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x