२६ जेठ २०८३, मंगलबार
बहुप्रतीक्षित पूर्वाधार

बन्नै लाग्यो ग्वार्को 'फ्लाइ ओभर', दिनरात नभनी यसरी चलिरहेको छ काम [ड्रोन भिडियो]

जेठ ३०, २०८१
काठमाडौं
बन्नै लाग्यो ग्वार्को 'फ्लाइ ओभर', दिनरात नभनी यसरी चलिरहेको छ काम [ड्रोन भिडियो]

ललितपुरको ग्वार्कोमा निर्माणाधीन नेपालकै पहिलो ओभरपास (फ्लाइओभर)को काम ८० प्रतिशत सकिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

निर्माण व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत सम्पन्न गर्ने गरि धमाधम काम भइरहेको केन्द्रका प्रमुख नरेश शाक्यले जानकारी दिए । 

null

मनसुनले अवरोध नगरे असारभित्र काम सम्पन्न गर्नेे र साउनदेखि सञ्चालनमा आउने शाक्यले बताए । उपत्यकाको सबैभन्दा बढी जाम पर्ने ग्वार्काेमा जाम हटाउनका लागि ओभरपास निर्माण गरिएको सडक विभागले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

null

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकमा सञ्चालन गरिनेछ ।

ड्रोन भिडियोमा हेर्नुहोस्, फ्लाइ ओभरको ताजा स्थिति :

salt training

कमेन्ट गर्नुहोस्