×

सांसद आचार्यको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै क्यान अध्यक्षले भने– झुटो र कपोलकल्पित

काठमाडाैं | जेठ ३२, २०८१

सत्तारुढ दल नेकपा (एमाले)का सांसद भीम आचार्यले संसद् बैठकमा दिएको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आपत्ति जनाएका छन् ।

शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै सांसद आचार्यले क्यान र नेपाली क्रिकेटबारे झुटो र कपोलकल्पित कुरा बोलेर सांसदले भ्रम फैलाउन खोजेको आरोप लगाएका हुन् ।


Advertisment

अध्यक्ष चन्दले आचार्यको अभिव्यक्तिमा आंशिक सत्यतासमेत नरहेको स्पष्ट पारेका छन् । 


Advertisment

गत बुधवार संसद् बैठकमा बोल्दै आचार्यले क्यानमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका थिए ।

null 

साथै उनले सन्दीप लामिछानेलाई टी–२० विश्वकपको १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर क्यान स्वयंले नेपाललाई हराउने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

‘प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत काम भइरहेको र अनियमितता भइरहेको गुनासो आएकाले सरकारले यथाशीघ्र रोक्नुपर्ने जरुरी भएकोले यो कुरा उठाएको छु,’ आचार्यले भनेका थिए, ‘टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् ।’

सांसद आचार्यले बोलेको तीन दिनपछि वेस्ट इन्डिजमा रहेका क्यान अध्यक्ष चन्दले आपत्ति जनाएका हुन् ।

नेपालले दोस्रो पटक विश्वकप खेलिरहेको ऐतिहासिक क्षणमा खेलकुदसँग सम्बन्धित केही संस्था, व्यक्ति तथा मिडियाले भ्रम सिर्जना गर्ने प्रयास गरेको उनको गुनासो छ ।

null

नेपालले शनिवार बिहान बलियो टोली दक्षिण अफ्रिकाको सामना गर्दैछ । सो खेलमा सन्दीप खेल्ने निश्चित भएको छ । अमेरिकाको भिसा नलागेपछि नेदरल्यान्ड्ससँगको पहिलो खेल गुमाएका सन्दीपलाई क्यानले वेस्ट इन्डिज पुर्याउन भने सफल भएको छ ।

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x