×

हुन्डी र सुन तस्करीको रकम डिजिटल वालेटमा कारोबार, ​बाराबाट १ जना पक्राउ​

काठमाडाैं | असार ३, २०८१

हुन्डी र सुन तस्करी कारोबारमा जोडिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका मालिक अरुणकुमार यादव छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यादवलाई बाराबाट नियन्त्रणमा लिएको हो ।


Advertisment

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीका अनुसार यादवले विगत एक वर्षको अवधिमा पेवेलबाट एक अर्ब १७ करोड र सजिलो पेबाट तीन करोड ३८ लाख रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।


Advertisment

उनी पेवेल र सजिलो पे भुक्तानीका बाराका एजेन्ट रहेको प्रहरी दाबी छ ।

ब्यूरोले पेवेल र सजिलो पे भुक्तानीका सञ्चालक र कर्मचारीसहित ६ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरू ब्यूरोको हिरासतमा छन् ।

सुन र हुन्डी कारोबारमा डिजिटल माध्यमबाट एक खर्ब भन्दा बढी भुक्तानी गरेको आरोपमा पक्राउ परेकामथि ब्यूरोले राष्ट्र बैंकको सहयोगमा सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी ज्ञवालीले दिए ।

२०८० असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले ब्रेक प्याडमा लुकाइएको सुनको भाग छुट्याउँदा ६०.७१६ केजी सुन बरामद घटनाको विस्तृत अनुसन्धान गर्दा यी तथ्यहरू बाहिर आएका हुन् ।

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x