×

टाइगर प्यालेसमा नयाँ कम्पनीलाई क्यासिनो सञ्चालनको जिम्मा दिने बाटो खुल्यो

काठमाडाैं | असार ४, २०८१

भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आगामी साउनदेखि नयाँ कम्पनीलाई क्यासिनो सञ्चालन गर्न दिन बाटो खुलेको छ ।

उच्च अदालत पाटनको एकल इजलासबाट यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार संयुक्त इजलासले खारेज गरेपछि नयाँ कम्पनीलाई क्यासिनो सञ्चालन गर्न दिने बाटो खुलेको हो ।


Advertisment

टाइगर प्यालेस रिसोर्टले आगामी साउन महिनादेखि अहिले क्यासिनो सञ्चालन गरिरहेको कम्पनीलाई हटाएर नयाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको थियो ।


Advertisment

त्यसविरुद्ध अल्पमत शेयरधनी टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिले 'अर्को कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमति दिनबाट रोकी पाऊँ' भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदक हाल क्यासिनो सञ्चालन गरिरहेको कम्पनी एसएमएसकेको समेत शेयर धनी हो ।

रिसोर्ट सञ्चालक समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतलाई विपक्षी बनाई दायर भएको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय धीरबहादुर चन्द र प्रकाश खरेलको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुनपर्ने आदेश गरेको हो ।

यसअघि जेठ २८ मा न्यायाधीश व्रजेश प्याकुरेलको इजलासले नयाँ कम्पनीलाई तत्काल जिम्मा नदिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

'अन्तरिम आदेशमाथि छलफल नभएसम्मका लागि निवेदक समेतले क्यासिनो सञ्चालन गरेको स्थानमा अर्को व्यक्ति वा निकायलाई क्यासिनो सञ्चालन गर्न नदिनू भनी विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,' न्यायाधीश प्याकुरेलले गरेको आदेशमा भनिएको थियो ।

मंगलबार दुवै पक्षलाई झिकाएर सुनुवाइ भएपछि नयाँ कम्पनीलाई जिम्मा दिने बाटो खुलेको हो । मुद्दाको अन्तिम किनारा नलागे पनि साउनदेखि नयाँ कम्पनीलाई क्यासिनो सञ्चालनको जिम्मा दिन अब बाधा पर्ने छैन ।

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x