×

सांसदबाट बर्खास्त भएपछि गोरखाका फणीन्द्रद्वारा माओवादी र सभामुखविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं | असार ६, २०८१

प्रदेश सांसदको पद जानेगरी आफूमाथि गरिएको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । सांसद पद पुनर्बहालीको माग गर्दै उनले बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

गण्डकीको प्रदेशसभा सदस्यबाट आफूलाई सभामुखले गरेको कारबाही बदर गराइ पाऊँ भन्दै देवकोटाले सर्वोच्चमा रिट दर्ता गराएको अदालत स्रोतले जनाएको छ । 


Advertisment

रिटमा उनले गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय र नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयलाई विपक्षी बनाएका छन् । 


Advertisment

देवकोटा नेपाल समाजवादी पार्टी (नेसपा)को उम्मेदवार भएर माओवादी केन्द्रको चुनाव चिन्हबाट गोरखाको संसदीय क्षेत्र २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । नेसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावमा भाग लिएको हुनाले आफू माओवादी केन्द्रको सांसद नभएर नेसपाकै सांसद रहेको उनको जिकिर छ ।

गत जेठ २८ गते प्रदेशसभामा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदा देवकोटाले पक्षमा मतदान गरेका थिए । यसलाई लिएर माओवादी केन्द्रले उनलाई २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको थियो ।  

प्रदेशसभामा लिइएको विश्वासको मतका दिन पक्षमा मतदान गरेकै कारणले आफूलाई कारबाही गर्ने अधिकार नपाएको माओवादी केन्द्रले स्पष्टीकरण सोधेको उनले गुनासो गरेका छन् । 

‘२४ घण्टाको समय तोकी स्पष्टीकरण सोधिएको र उक्त अवधिमै सम्पूर्ण कारबाही टुंग्याइ गरिएको कारबाही त्रुटीपूर्ण छ,’ देवकोटाले दिएको रिटमा उल्लेख छ ।

आफू नेसपाबाट प्रतिनिधित्व गर्ने हुनाले माओवादी केन्द्रसँग आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने कानूनी अधिकार र हैसियत नै नरहेको उनले स्पष्ट पारेका छन् । 

जेठ ३२ मा माओवादी केन्द्रले गरेको कारबाहीलाई आधार मानेर उसैको निर्देशनमा सभामुखले दल त्याग गरेको सूचना प्रकाशित गर्नु गैरकानूनी रहेको उनले जिकिर गरेका छन् ।

सभामुखले जारी गरेको उक्त सूचना र सोमा आधारित सम्पूर्ण निर्णय तथा काम-कारबाही उत्प्रेषणको आदेशले बदर गर्न देवकोटाले माग गरेका छन् ।

आफूलाई निर्वाध रूपमा नेसपाको प्रदेशसभा सदस्यको हैसियतले काम दिनलाई परमादेशलगायतकाे आदेश माग गर्दै उनले रिट दर्ता गराएका हुन् ।
 

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x