×

रोमाञ्चक खेलमा दक्षिण अफ्रिका विजयी

काठमाडाैं | असार ८, २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराएको छ । गएराति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई सात रनले हराएको हो । योसँगै विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । 

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो ।


Advertisment

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले ५३ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । 
लियाम लिभिङ्स्टोनले ३३ रन थपे । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा र केशव महाराजले दुई–दुई विकेट लिए ।


Advertisment

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी काकले ६५ रनको योगदान गरे । अर्का ओपनर रिजा हेन्ड्रिक्स भने १९ रन बनाए । डेभिड मिल्लरले अविजित ४३ रन जोडे । 

इंग्ल्याण्डका बलर जोफ्रा आर्चरले तीन विकेट लिए । मोइन अली र अदिल रसिदले एक–एक विकेट हात पारे ।

जितसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । यसअघि दक्षिण अफ्रिकाले ‘सुपर–८’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । 

‘सुपर–८’ चरणको ‘समूह–२’ मा दक्षिण अफ्रिका दुई खेलबाट चार अंक बटुल्दै पहिलो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ । 

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x