×

जीत निकाल्दै दोस्रो चरणमा जाने लक्ष्यमा पोर्चुगल, दबाबमा बेल्जियम

काठमाडाैं | असार ८, २०८१

पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध जीत निकालेपछि पोर्चुगलका खेलाडी ।

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा शनिबार राति ३ खेल हुँदैछन् ।

साँझ ६ः४५ बजे शुरू हुने पहिलो खेलमा जर्जिया र चेक गणतन्त्र भिड्दैछन् । पहिलो खेलमा पराजय भोगेकाले दुवै टोली आज जित्नैपर्ने दबाबमा छन् । 


Advertisment

यस्तै राति ९ः४५ बजे शुरू हुने खेलमा टर्की र पोर्चुगल आमने–सामने हुँदैछन् । दुवै टोली आज जीत निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा हुनेछन् । 


Advertisment

समूह ‘एफ’अन्तर्गत पहिलो खेलमा टर्कीले नवप्रवेशी जर्जियालाई हराएको थियो भने पोर्चुगलले चेक गणतन्त्रमाथि जीत निकालेको थियो ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो खेलमा चेक गणतन्त्रमाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो । आज पनि जीतकै नतिजा आए उ अन्तिम १६ मा पुग्नेछ ।

स्लाभाकियासँग हारेपछि निराश भएका बेल्जियमका कप्तान केभिड डे ब्रुयने ।

यस्तै मध्यराति १२ः४५ बजे बेल्जियम र रोमानिया आमने–सामने हुँदैछन् । पहिलो खेलमा स्लोभाकियासँग पराजित भएकाले राम्रो नतिजा निकाल्नुपर्ने दबाबमा बेल्जियम छ ।  

समूह ‘ई’मा बेल्जियमबाहेक रोमानिया, युक्रेन र स्लोभाकिया सबैले ३–३ अंक जोडेका छन् । फिफा वरीयताको तेस्रो स्थानमा रहेको बेल्जियम भने अंकविहीन छ । अन्तिम १६ मा जाने आशा कायमै राख्न उसले आजको खेल जित्नैपर्ने छ ।  

  
 

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x