×

अब कांग्रेसले प्रतिपक्षको भूमिका थप सशक्त बनाउँछ– देउवा

बुटवल | असार ८, २०८१

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलले प्रतिपक्षको भूमिका थप सशक्त बनाउने बताएका छन् । संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिरहेको बताउँदै देउवाले अब सदनमा जनताको समस्यालाई प्रभावकारी ढंगले उठाउने स्पष्ट पारे ।

शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा स्व सांसद पृथ्वीराज कँडेलको अर्धकदको शालिक अनावरण तथा बसपार्क उद्घाटन गर्दै उनले अब कांग्रेस जनजीविकाका सवालमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।


Advertisment

‘अहिले कांग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ देउवाले थपे, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भइरहेको छ । अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुनेछ ।’ 


Advertisment

मूल भन्सार भएर पनि महेशपुर भन्सार पूर्णरुपमा सञ्चालनमा आउन नसकेको भन्दै उनले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए ।

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकैठाउँमा उभिनुपर्ने बताए । 

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाल र भारतको सीमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी दिए । 

निजामती सेवा ऐन र शिक्षा ऐनलाई वर्तमान संविधानले दिएको अधिकारअनुसार तत्काल पारित गर्न ठूला तीन दललाई उनले आग्रह गरे ।

पूर्वगृहराज्यमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाँझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् । 


 

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x