×

परीक्षा सुधारका लागि भन्दै भारतमा उच्चस्तरीय समिति गठन

काठमाडाैं | असार ९, २०८१

तस्वीर साभारः fugentimes.news

नयाँ दिल्ली- भारत सरकारले क्याम्पस, विश्वविद्यालय र सरकारी जागिरका लागि परीक्षा पारदर्शी, सहज र निष्पक्ष सञ्चालन सुनिश्चित गर्न शनिबार विशेषज्ञको उच्चस्तरीय समिति गठन गरेको छ ।

बारम्बार प्रश्नपत्र बाहिरिएपछि देशभरका विद्यार्थीहरूको चर्को विरोधका बीच परीक्षा सञ्चालनमा हुने भ्रष्टाचार नियन्त्रण गर्न सङ्घीय सरकारले यो कदम चालेको हो । यद्यपि, सरकारले यसअघि पनि यस प्रकारको समिति गठन गरी सिफारिस मागेको थियो । 


Advertisment

सार्वजनिक परीक्षामा अनुचित अभ्यासको रोकथाम ऐन २०२४ शुक्रबारदेखि लागू भएको छ । नयाँ कानूनले अनियमितता वा भ्रष्ट व्यवहारमा संलग्न भएको पाइएमा १० वर्ष कैद र एक करोड भारतीय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ ।


Advertisment

सात सदस्यीय उच्चस्तरीय समितिलाई परीक्षा प्रक्रियाको संयन्त्रमा सुधार, तथ्याङ्क सुरक्षा कानूनमा सुधार र राष्ट्रिय परीक्षा निकायको संरचना र कार्यप्रणालीका विषयमा सिफारिस गर्न जिम्मेवारी दिइएको थियो ।

सङ्घीय शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको अध्यक्षता भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनका पूर्वअध्यक्ष के राधाकृष्णनले गर्ने सङ्घीय शिक्षा मन्त्रालयले जनाएको छ ।  
 

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x