साउन १४, २०८१
लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...
काठमाडाैं | साउन ३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मन्त्रालयमा काम गर्ने सबै सचिवहरूलाई आत्मनिर्भरमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अपरान्ह सचिवहरूलाई डाकेर ओलीले यस्तो निर्देशन दिएका हुन् ।
विदेशबाट आयात भएका सामानमा मात्रै भर पर्ने प्रवृत्तिलाई निरुत्साहित गरी देशभित्रै उत्पादन हुने वस्तुको प्रयोगमा केन्द्रित रहने गरी आवश्यक कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
‘हामी त यस्तो भयौं कि बिहान उठेदेखि सुत्ने बेलासम्म विदेशबाटै आयात भएका बस्तुमा भर पर्ने भयौं, हाम्रो आन्तरिक उत्पादन खै,’ प्रधानमन्त्री ओलीले बैठकमा दिएको निर्देशन उद्धृत गर्दै एक सचिवले भने, ‘कृषिप्रधान देश रे ! तरकारीसमेत विदेशबाट आउँछन् । यो पाराले अब हुँदैन । आन्तरिक उत्पादनमूखी योजना बनाउन जोड दिनुपर्यो ।’
प्रधानमन्त्री ओलीले ढाकाटोपी सिलाउने सियोसमेत विदेशबाट आयात हुने भएपछि मुलुक कसरी बन्छ ? भनेर सचिवहरूसँग प्रश्न गरेका थिए । उनले बैठकमा भने, ‘हामीले आफ्ना उत्पादनलाई छोड्यौं, अहिले सुपरमार्केटमा गयौं भने हाम्रा सागपातबाहेक ९९ प्रतिशत सामान विदेशका छन् । हामी अब आफ्नै उत्पादनमा कसरी जोड दिने ? जबसम्म हामीसँग भएका स्रोत–साधनको उपयोग गर्न सक्दैनौं र आत्मनिर्भर हुन सकेनौं भने मुलुकको विकास हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले मुलुक समृद्ध हुन पहिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । आगामी पाँच वर्षमा शिक्षा, स्वास्थ्य, खाद्यान्न र खानेपानीजस्ता आधारभूत आवश्यकता सर्वसाधारणले सजिलै उपभोग गर्न पाउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिए ।
उनले एक र अर्को मन्त्रालयको समन्वयमा रहेर काम गर्न निर्देशन दिएका थिए ।
‘तपाईंहरू जहाँ हुनुहुन्छ, त्यही बसेर यस्तो काम गर्नुस्, सरकारको लक्ष्य भेट्ने गरी काम गर्नुस्,’ उनले भने, ‘तपाईंले काम गरेका कारण त्यो संस्थाले तपाईंलाई सधैँ सम्झिरहोस् ।’
ओलीले कुन मन्त्रालयले के गर्यो भन्दा पनि आफ्नो मन्त्रालयको कार्यसम्पादन राम्रोसँग गर्न निर्देशन दिएका थिए । उनले सर्वसाधारणले महसुस हुने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् ।
उनले सार्वजनिक सेवा प्रवाह, सुशासन र जनतामा विश्वास बढाउने गरी काम गर्न पनि निर्देशन दिएका थिए ।
यस्तै ओलीले राजस्व चुहावट रोकी राजश्व वृद्धिका लागि सरकारको लक्ष्यअनुसार काम गर्न निर्देशन दिए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सचिवहरूलाई निर्मम भएर लाग्नसमेत निर्देशन दिए ।
लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...
२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...