२७ जेठ २०८३, बुधबार

अदालतको अवहेलनासम्बन्धी मुद्दा हेर्न ९ जना न्यायाधीशको पूर्ण इजलास बस्दै

साउन १७, २०८१
काठमाडौं
अदालतको अवहेलनासम्बन्धी मुद्दा हेर्न ९ जना न्यायाधीशको पूर्ण इजलास बस्दै

अदालतको अवहेलनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीवार सर्वोच्च अदालतमा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलास गठन भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वमा पूर्ण इजलास गठन भएको हो । 

इजलासमा न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंङगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल छन् । 

अवकाश भइसकेका सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई समेतलाई आक्षेप लगाउनेगरी सिधाकुरा डट्कममा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले दायर गरेको रिटमाथि ९ जना न्यायाधीशको इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । 

यसअघि न्यायाधीश कुमार चुडाल र विनोद शर्माको इजलासले यो मुद्दालाई वृहत् पूर्ण इजलासमा लैजान आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्