×

प्रमुख दलबीच जुटेको समझदारी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘ब्रेक थ्रु’

काठमाडाैं | साउन १७, २०८१

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।
 
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा आज समझदारी भएको हो ।
 
सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउनका लागि सहमति जुटाउन प्रमुख दलका प्रतिनिधि सम्मिलित कार्यदलमा चारबुँदे समझदारी भएको छ । प्रमुख दलका नेताहरूले यो समझदारीलाई महत्त्वपूर्ण उपलब्धि र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन कोशेढङ्गा सावित हुने धारणा व्यक्त गरे । 
 
राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया सहमतिले नै टुङ्ग्याउनुपर्ने विषय भएको बताउँदै तीन दलबीच भएको समझदारीअनुसार संसद्मा पनि सहमतिमै विधेयक पारित गर्नुपर्ने उल्लेख गरे । 
 
  “विधेयकको मूल उद्देश्य द्वन्द्व पीडितहरूले न्याय पाउनुपर्छ भन्ने हो र बदलाको भावना समाजबाट सदाका लागि अन्त्य हुनुपर्छ । यसको मुख्य राजनीतिक लक्ष्य हो”, नेता सिटौलाले भने, “अब यो विधेयक टुङ्गिनुपर्‍यो । त्यसअन्तर्गतका आयोग बनेर द्रुत गतिले काम गर्नसक्नुपर्छ । कुनै आग्रह पूर्वाग्रह नराखीकन राम्ररी छानबिन गर्नुपर्छ ।”
 
तथ्यहरू पत्ता लगाएर ढिलो नगरीकन काम गर्नुपर्ने उनको सुझाव छ । विस्तृत शान्ति सम्झौता भएको धेरै वर्षपछि भएपनि तत्कालीन विद्रोही माओवादी पक्ष र सात राजनीतिक दललाई नेतृत्व गर्ने कांग्रेस र एमालेबीच भएको सहमतिको दस्तावेज उपलब्धिमूलक भएको उनको भनाइ छ ।
 
नेता सिटौलाले भने, “यो राम्रो भयो । अब यस सहमतिले विधेयकमा उल्लेख गर्नुपर्ने विषयलाई सम्बोधन गर्ला भन्ने मलाई लागेका छ । यसलाई दुवै सदनबाट पारित गरेर कानुन बनाइ त्यसअन्तर्गत आयोग निर्माण गरेर काम थाल्नुपर्छ । आयोगले निकाल्ने निष्कर्षबाट द्वन्द्वपीडितले न्याय पाएको महसुस हुनुपर्‍यो र समाजबाट बदलाको भावना सदाका लागि अन्त्य भएको देखिनुपर्‍यो ।”
 
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तीन दलबीच आज भएको समझदारी महत्त्वपूर्ण उपलब्धि भएको बताए । विसं २०७१ देखि यी विषयमा सहमति हुन नसक्दा सङ्क्रमणकालीन न्यायको विषय अगाडि बढ्न सकेको थिएन । त्यति बेला बनेको  विधेयकमाथिका प्रावधान सम्बन्धमा सर्वाेच्च अदालतमा रिट परेको थियो । सर्वोच्चको निर्देशनात्मक आदेशपछि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन नहुँदा सबै काम अड्केको अवस्था थियो ।
 
  त्यसमा झण्डै नौ वर्षपछि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै नेता ज्ञवालीले भने, “यसलाई शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने सन्दर्भमा कोशेढुङ्गा पनि भन्न सकिन्छ । सहमति कार्यान्वयनमा चुनौती नभएका होइनन् । तर जे जति काम भएको छ, त्यो महत्त्वपूर्ण उपलब्धि हो, यसले आगामी दिनमा धेरै गाठा फुकाउनका लागि स्पष्ट मार्ग निर्देशन गर्नेछ ।”
 
 कार्यदलबाट टुङ्गिएको विषयलाई दुवै सदनबाट सहमतिका साथ पारित गर्नुपर्ने बताउँदै उनले त्यसको आधारमा आयोग गठन गरी पीडितलाई न्याय दिनुपर्ने र उनीहरूको भावनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । मूल कुरा सत्य स्थापित गर्नुपर्ने बताउँदै नेता ज्ञवालीले यी सबै विषयमा दलहरूबीच सहमति हुनु जरुरी रहेको उल्लेख गरे । 
 
कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलभूतरूपमा सहमति जुट्न नसकेका चार विषयमा सहमतिका साथ टुङ्गो लगाइएको बताए । 
 
तत्कालिन शान्ति तथा पुनःनिर्माणमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता रकम चेम्जोङले विस्तृत शान्ति प्रक्रियाको महत्त्वपूर्ण विषय सङ्क्रमणकालीन न्याय निरुपण सम्बन्धमा ढिलै भएपनि प्रमुख दलहरूबीच भएको समझदारी सकारात्मक रहेको प्रतिक्रिया दिए । 

Laxmi Bank

  उनले भने, “विगतको सशस्त्र द्वन्द्वका क्रममा मारमा परेका जनतालाई न्याय प्रदान गरी समाजमा अन्तरघुलन गर्न सङ्क्रमण न्यायको विषय महत्त्वपूर्ण हुन्छ । जघन्य अपराधमा संलग्न व्यक्तिले कुनै न कुनै रुपमा सजाय पाउनैपर्छ, अन्तर्राष्ट्रियकरण भएका मुद्दालाई सम्बोधन गर्न पीडितले न्याय पाएको विषय दुनियाँले देख्न पाउनुपर्छ ।”


Advertisment

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ । यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौजदारी कानुनअनुरुपको दण्डमा सजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ ।


Advertisment

विस्तृत शान्ति सम्झौता भएको झण्डै १८ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा आज भएको समझदारीलाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘ब्रेक थ्रु’ का रूपमा हेरिएको छ ।  रासस

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x