×

एमालेमा कार्यविभाजन

एमालेका नयाँ उपाध्यक्ष बरालको वरीयता आठौँमा, कसको कति ? [सूचीसहित]

काठमाडाैं | साउन १७, २०८१

सत्तारुढ दल नेकपा (एमाले)ले पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

Laxmi Bank

बिहीवार काठमाडौंमा बसेको सचिवालय बैठकले रिक्त एक उपाध्यक्षमा गुरुप्रसाद बराललाई नियुक्त गर्दै प्रदेश इन्चार्जहरू समेत हेरफेर गरेको हो ।


Advertisment

सुवास नेम्वाङको निधन भएपछि एमालेको एउटा उपाध्यक्ष पद रिक्त थियो । सो ठाउँमा बराललाई ल्याइएको हो ।  


Advertisment

यस्तै एमालेले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा नियुक्त गरेको छ । न्यौपाने नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले प्रवेश गरेका थिए ।

यसैगरी एमालेले पार्टीका सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ ।

त्यस्तै एमालेले केन्द्रीय कमिटीमा १६ जनालाई मनोनयन गरेको छ । 

मनोनीत गरिएका केन्द्रीय सदस्यमा नेपाली कांग्रेसबाट आएका जीतेन्द्र देव, एकीकृत समाजवादी त्यागेका सुवास कमाचार्यलगायत छन् । चितवनका कृष्णभक्त पोखरेल, अछामका कमल तिमिल्सिना र मकवानपुरका महेश बर्तौला केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

एमालेले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा डा राजन भट्टराईलाई तोकेको छ । 

यस्तै गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

उपाध्यक्षमा बिहीवार मनोनीत बरालले समग्र पार्टीमा आठौँ वरीयता पाएका छन् । उनी उपाध्यक्षको वरीयतामा भने छैटौँ तथा अन्तिम स्थानमा छन् । उनलाई संसदीय मामला संयोजन तथा सुशासन र सेवाप्रवाह सम्बद्ध विभागहरूको जिम्मेवारी तोकिएको छ ।

null

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली स्वाभाविक रुपमा वरीयताको पहिलो नम्बरमा छन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।

पोखरेलपछि उपाध्यक्षहरू क्रमशः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुरेन्द्रराज पाण्डे र बिहीवार मनोनीत गुरुप्रसाद बरालको वरीयता छ ।

वरीयताको नवौं नम्बरमा महासचिव शंकर पोखरेलको नाम छ । 

हेरौं वरीयता र जिम्मेवारीसहितको सूचीः

​ 
 

 
 

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x