×

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान, आइतवार साँझसम्म समयसीमा

काठमाडाैं | साउन १८, २०८१

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दुई दिन समयसीमा तोकिएको छ ।

Laxmi Bank

प्रदेश प्रमुख नजिर मियाँले आइतवार साँझ ५ बजेसम्ममा नयाँ सरकार गठन गर्न शुक्रवार आह्वान गरेका हुन् ।


Advertisment

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रवार नै राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान गरेका छन् ।


Advertisment

null

शुक्रवार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामा घोषणा थिए । 

नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व पहिलो चरणमा कांग्रेसले गर्नेछ ।

सोडारीको राजीनामासँगै नेकपा (एकीकृत समाजवादी) केन्द्रदेखि प्रदेशसम्म सरकार बाहिर पुगेको छ ।

यद्यपि नयाँ मुख्यमन्त्रीको टुङ्गो भने लागिसकेको छैन । पूर्वमुख्यमन्त्रीसमेत रहेका कमलबहादुर शाह अहिले पनि कांग्रेसको संसदीय दलका नेता छन् । उनी नै मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।

उनीबाहेक कांग्रेसकै बहादुरसिंह थापा, दिवानसिंह विष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजसमेत रहेका प्रकाशबहादुर देउवा पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । 

कांग्रेसको विधानमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने व्यवस्था रहेकाले शाह नै मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ । 
 

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x