×

बेलायतपछि अमेरिकाले पनि गर्‍यो आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह

काठमाडाैं | साउन २०, २०८१

लेबनानबाट इजरायलतर्फ प्रहार गरिएको रकेट ।

बेलायतपछि अमेरिकी सरकारले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

Laxmi Bank

मध्यपूर्वमा बढ्दो तनावलाई लिएर लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको बीबीसीको समाचारमा उल्लेख छ ।


Advertisment

‘जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नु’ दूतावासले भनेको छ ।


Advertisment

बुधवार तेहरानमा हमास नेता इस्माइल हनियाको मृत्युपछि इरानले इजरायलमाथि जवाफी फायर गर्ने चेतावनी दिएको छ ।

इजरायलले बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको दाबी गरेको केही घण्टापछि नै हनियाको पनि मृत्यु भएको खबर आएको हो । 

यसको जवाफमा हिजबुल्लाहले शनिवार राति लेबनानबाट उत्तरी इजरायलको बेत हिलेल इलाकामा केही रकेट प्रहार गरेको थियो । 

बेत हिलेल ​लेबनानसँग सीमाना जोडिएको क्षेत्र पर्छ । यसले गर्दा जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह गरेका छन् । 

इजरायल र हिजबुल्लाहबीचकाे चौतर्फी युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वकाे डरका कारण बेलायत सरकारले पनि लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरिसकेको छ । 

बेलायतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बेलायती नागरिकले लेबनान छोडे यसबाट सिर्जना हुने व्यावसायिक विकल्प उपलब्ध रहेको जनाएको छ ।

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x