कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | साउन २०, २०८१
मधेश प्रदेश सरकारकी तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवको स्वकीय सचिवालयको लेटरहेडमा लेखिएको पत्रका आधारमा ४२ करोडभन्दा बढी रकमान्तर भएको खुलेको छ ।
२०७९ चैत १५ गते तत्कालीन मन्त्रीका स्वकीय सचिवले मन्त्रालयका सचिवलाई लेखेको पत्रका आधारमा टिप्पणी उठाई ४२ करोड ६० लाख १० हजार रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।
प्रदेश सरकारको कार्यविभाजन नियमवालीविपरीत हुने गरी मठ मन्दिर, सामुदायिक भवन, प्रवेशद्वार, कम्पाउन्ड वाल निर्माणका लागि उक्त रकम रकमान्तर गरेको पाइएको हो ।
रकमान्तर गरिएको रकम मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय सिरहा लहान र रौतहटलाई पठाएको मधेश प्रदेश सभाबाट गठित विशेष संसदीय छानबिन समितिको निष्कर्ष छ ।
पर्यटनसँग सम्बन्धित बजेट तथा योजना भए पनि तत्कालीन वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट काम गराइनु नियमसम्मत नभएको प्रतिवेदनमा उल्लेख छ ।
त्यति मात्र होइन, अर्थ मन्त्रालयले २०८० असार २२ गतेसम्म विभिन्न मन्त्रालयबाट रकमान्तरका लागि लेखी आएको पत्रअनुसार रकमान्तर गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।
अर्थमा पत्र दर्ता नै नगरी रकमान्तर
मन्त्रालयहरूको शुरूको बजेट विनियोजनमा रकम थपघट गरेको पाइएको छ ।
२०८० असार १८ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको चलानी नम्बर १६७० र १६७१ को पत्र र २०८० असार ५ गतेको शिक्षा तथा समाज कल्याण मन्त्रालयको चलानी नम्बर २९४ को पत्र अर्थ मन्त्रालयमा दर्ता नै नगरी रकमान्तर गरी पठाएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यति मात्र होइन, दर्ता भएको मितिभन्दा अगाडिको मितिमा नै निर्णय गरी अर्थ मन्त्रालयले रकमान्तर गरेको समेत खुलेको छ ।
'भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त फाइल अर्थ मन्त्रालयमा २०८० असार १३ गते दर्ता भएको तर १२ गतेको मितिमा नै अर्थ मन्त्रालयले रकमान्तरसम्बन्धी निर्णय गरेको पाइयो,' प्रतिवेदनमा उल्लेख छ ।
सशर्त अनुदान र विशेष अनुदान वितरणमा अनियमितता
तत्कालीन अर्थमन्त्री सञ्जयकुमार यादवले सशर्त अनुदान र विशेष अनुदान कार्यविधिलाई मिचेर अनियमितता गरेको छानबिनमा पाइएको छ ।
कतिपय स्थानीय तहहरूले पत्र पठाएर सशर्त अनुदान माग गर्दा समेत अर्थ मन्त्रालयले सशर्त अनुदान उपलब्ध नगराएको र अन्य स्थानीय तहले माग गरेको अनुदान, कार्यक्रम, योजनाभन्दा भिन्न शीर्षकमा अनुदान पठाएको छानबिनमा खुलेको हो ।
'अर्थ मन्त्रालयले निर्णय नै नगरिकन सशर्त अनुदानको रकम कतिपय स्थानीय तहमा पठाएको देखियो । साथै, कतिपय स्थानीय तहलाई निर्णय गरेका योजनाहरू समेत नपठाएको देखियो,' संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयहरूले आफ्नो अधिकारभन्दा बाहिर गएर प्रतिष्ठान, आयोग र बोर्डलाई बजेट रकमान्तर गरी पठाएको पाइएको छ ।
अर्थ विविधमा छुट्याइएको रकम आकस्मिक खर्चका लागि विनियोजन गरिए पनि रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गरिएको पाइएको छ ।
तत्कालीन अर्थमन्त्री सञ्जयकुमार यादवले आफूखुशी रकमान्तर गरी योजना बेचेको आरोप लागेपछि प्रदेश सभाबाट विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो ।
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को कार्यक्रमबारे छानबिन गरी प्रतिवेदन पेश गर्न प्रदेश सभाले विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।
२०८० साउन १ गतेदेखि लागू हुने गरी सांसद उपेन्द्र महतोको संयोजकत्वमा गठित छानबिन समितिको म्याद दुई महिना मात्र रहे पनि २०८० असार मसान्तसम्म पटक–पटक थप गरिएको थियो ।
समितिमा सांसदहरू दीपेन्द्रकुमार ठाकुर, नागेन्द्रप्रसाद साह, राजकुमार गुप्ता, शम्भुकुमार साह, जवाहरप्रसाद कुशवाहा, कनिस पटेल, कञ्चन विच्छा, विमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह सदस्य थिए ।
हेर्नुहोस्, प्रतिवेदन :
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...