×

बंगलादेश संकट

आन्दोलन यहाँसम्म पुग्छ भन्ने लागेको थिएन, बंगलादेशको भविष्य अन्धकारमा छ– हसिनापुत्र वाजेद

काठमाडाैं | साउन २४, २०८१

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा एवं पूर्व सूचना प्रविधि सल्लाहकार साजीव वाजेद जोयले कोटा आन्दोलनले सरकार नै पतन हुन्छ भनेर कसैले कल्पना नगरेको बताएका छन् ।

Laxmi Bank

उनले शेख हसिनाले आफ्नो राजीनामाबारे दुई दिन पहिले नै सोचेको, तर देश नै छाड्ने कुनै तयारी नभएको समेत दाबी गरेका छन् ।


Advertisment

उनले आक्रोशित जनतालाई गणभवन पुग्न लागेको जत्ति समय हसिनालाई देश छाड्न लागेको पनि बताए ।


Advertisment

बीबीसीका दक्षिण एसियाका सम्पादक इथिराजन अन्बरासनसँगको लामो अन्तर्वार्तामा साजीव वाजेदले त्यसबेलाको अवस्था, बंगलादेशको वर्तमान अवस्था र कोटा आन्दोलनदेखि सरकारको पतनसम्मका सबै विषयमा कुरा गरेका छन् ।

राजीनामा दिने निर्णय कहिले?

बीबीसीका इथिराजनले शेख हसिनाले राजीनामा दिने निर्णय कहिले गरिन् भनेर सोधेका थिए ।

जवाफमा हसिनापुत्र वाजेदले शनिबार नै राजीनामा दिने निर्णय गरेको बताए । तर देश भने छाड्न नचाहेको उनको भनाइ थियो ।

'मेरी आमाले बंगलादेश छाड्न चाहनुभएको थिएन । उहाँले हामीलाई विश्वास दिलाउनुपर्ने थियो । उहाँ राजीनामा दिने योजनामा हुनुहुन्थ्यो । सम्बोधन गरेर संविधानबमोजिम सत्ता हस्तान्तरण गर्न चाहनुहुन्थ्यो,' उनले भने ।

उनले थपे, 'तर, आक्रोशित जनताले गणभवनतिर र्‍याली गर्ने घोषणा गरे । हामीले हिंसा हुन सक्छ, सुरक्षाका लागि भवन छाड्नुपर्छ भनेर उहाँसँग बिन्ती गरेका थियौं ।'

उनले आफ्नी सानीआमा (हसिनाकी बहिनी) शेख रेहाना आमासँगै रहेको उनले नै सैन्य बेससम्म लगेको बताएकाछन् । 'तर, आमालाई उठ्न मन लागेन । त्यसपछि मैले फोन गरेर मेरी काकीलाई भनें, उहाँलाई (शेख हसिना) जसरी पनि लैजानुस् ।'

शेख हसिनाले हेलिकप्टरमार्फत ढाका छाडेको उनले बताए । हसिना शुरूमा अग्रतला र पछि दिल्ली पुगेको उनको भनाइ छ ।

किन स्थिति नियन्त्रण बाहिर छ?

शेख हसिनाको सरकारले सम्पूर्ण अवस्थाको समीक्षा गर्न गल्ती गरेको हो ? भनी सोध्दा वाजेदले भने, 'परिस्थिति यस दिशातर्फ मोडिनेछ भनेर कसैले सोचेको थिएन ।'

'हामीमध्ये कसैले सोचेका थिएनौं कि यो हिंसात्मक आन्दोलनले अन्ततः सरकारलाई अपदस्त गर्नेछ । जुलाई १५ मा ढाका विश्वविद्यालयमा मध्यरातमा र्‍याली गरेर 'अमरा रजाकार' नारा लगाएर हिंसाको पछाडि केही अज्ञात समूहको हात रहेको हामीले बुझ्यौं,' उनले भने ।

त्यसपछि आवामी लीगका समर्थकहरूसँग विद्रोहीको झडप भएको उनले बताए । प्रहरीले झडप रोक्न कडाइका साथ काम गरेको उनको भनाइ थियो ।

‘मध्यरातमा ती नारा लगाउनेहरू को थिए भन्ने हामीलाई थाहा छैन, यो अवस्था सिर्जना हुनुमा उनीहरू नै जिम्मेवार छन्,' वाजेदले भने ।

उनले हसिनाको सरकारले कहिले पनि प्रदर्शनकारीहरूमाथि बल प्रयोग गर्न नचाहेको बताए । 'बरु पुलिसले उनीहरूलाई पहरा दियो, उनीहरूमाथि आक्रमण गर्ने कुनै आदेश थिएन,' उनले भने ।

कोटाबारे प्रश्न गर्दा उनले पहिला हसिना नेतृत्वकै सरकारले कोटा खारेज गरेको बताए । ‘पहिले हाम्रै सरकारले कोटा रद्द गरेको थियो,' उनले भने ।

'तर त्यसपछि हिंसा शुरू भयो । बल प्रयोग गलत छ, तर यो दुबै पक्षबाट भएको छ । विद्यार्थीहरू मरेका छन्, नागरिकहरू मरेका छन्, प्रहरी पनि मरेका छन्,' वाजेदले भने ।

अवामी लिगको भविष्य के होला?

अब अवामी लिगको नेतृत्व कसले गर्ने भनेर सोध्दा वाजेदले भने, 'पार्टी बाँच्नेछ । १९७५ पछि जब धेरै शीर्ष नेताहरू जेलमा थिए, त्यतिबेला पनि पार्टी बाँचेको थियो ।'

'हाम्रो पार्टीबाहेक अन्य दुई गुट सैन्य शासकहरूले बनाएका थिए । पार्टीले आफ्नो नेता छान्छ । तर, अहिले हाम्रो टोलीलाई हटाउन खोजिरहेका छन् । कार्यकर्तामाथि हमला भइरहेको छ । हाम्रा मन्त्रीहरूलाई खोजिरहेका छन्, लुक्नुपरिरहेको छ,' उनले थपे ।

आफूलाई अहिले स्वदेश फर्किने चाहना नभएको वाजेदको भनाइ छ ।

'यो मेरो परिवारका लागि तेस्रो झट्का हो । जनताजस्तो नेता पाउनु पर्छ । अहिले बंगलादेशमा भीडको शासन चलिरहेको छ,' उनले भने ।

उनले अवामी लिगलाई अर्को चुनावमा सहभागी हुन नदिने सम्भावना रहेको दाबी गरे ।

'हुनसक्छ बीएनपी-जमातले चुनाव जित्छ । वास्तवमा बंगलादेशको भविष्य अन्धकारमय छ,' उनले भने ।

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x