×

अवैध लाइसेन्सको धन्दा

फेक लाइसेन्स बनाउने गिरोहको 'नयाँ ट्रिक'– मृतकको विवरण खोज्न घाटमै एजेन्ट परिचालन

डिप्लोम्याटको लाइसेन्समा कीर्ते, विदेश फर्किएलगत्तै त्यही नम्बरमा नेपालीलाई 'फेक लाइसेन्स'

काठमाडाैं | साउन २४, २०८१

चिनियाँ डिप्लोम्याट स्यान यु स्यानका नाममा नेपालमा जारी गरिएको सवारीचालक अनुमतिपत्रमा एडिट गरेर सानु थापाको नाममा लाइसेन्स जारी गरिएको छ ।

Laxmi Bank

चिनियाँ डिप्लोम्याटको लाइसेन्स नम्बर ००-६-३८९३०० मा एडिट गरेर सानु थापालाई सोही नम्बरको 'फेक लाइसेन्स' वितरण गरेको पाइएको छ ।


Advertisment

ती डिप्लोम्याटलाई 'बी' क्याटेगरीको लाइसेन्स दिइएकोमा 'ए' वर्ग समेत थप गरेर थापालाई लाइसेन्स दिइएको खुलेको छ । थापालाई सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयबाट लाइसेन्स दिइएको छ ।


Advertisment

***

युरोपेली युनियनका एक डिप्लोम्याटको नाममा जारी गरिएको सवारी चालक अनुमतिपत्रको विवरणमा पनि एडिट गरेर नेपालीको नाममा फेक लाइसेन्स जारी भएको छ ।

०१-०८-०१३७१६९५ नम्बरको लाइसेन्सको विवरणमा एडिट गरेर लक्ष्मण आचार्यलाई सोही नम्बरको फेक लाइसेन्स वितरण गरिएको पाइएको हो ।

'ए' र 'बी' गरी दुई वर्गको सवारी चालक अनुमतिपत्र आचार्यलाई दिएको खुलेको छ । आचार्यलाई यातायात व्यवस्था कार्यालय बुटवलबाट २०७९ मंसिरमा लाइसेन्स जारी गरिएको थियो ।

माथि उल्लेख गरिएका यी २ डिप्लोम्याटसँगै अन्य विभिन्न देशका डिप्लोम्याटको नाममा जारी गरिएको लाइसेन्समा एडिट गरेर नेपालीको नाममा फेक लाइसेन्स जारी गर्ने धन्दा नै चलेको देखिन्छ । नेपालमा काम गर्न आएका विदेशी डिप्लोम्याटले सवारी चलाउनका लागि नेपालमा प्रक्रिया पूरा गरेर नै सवारी चालक अनुमतिपत्र लिने गर्छन् ।

तर, आफ्नो कार्यकाल सकेर स्वदेश फर्किएका त्यस्ता विदेशी डिप्लोम्याटको लाइसेन्सको अभिलेख रहेको यातायात व्यवस्था विभागको डेटाबेसमा रहेको अभिलेखमा एडिट गरेर नेपालीको नाममा फेक लाइसेन्स वितरण गर्ने गरिएको छ ।

देशभरका विभिन्न यातायात कार्यालय र विभागबाट समेत फेक लाइसेन्स जारी भएकोबारे लोकान्तरले यसअघि देखिनै शृंखलाबद्ध रूपमा खुलासा गर्दै आएको छ ।

'फेक लाइसेन्स बनाउने गिरोहहरूमध्ये विगतमा नेपालस्थित विदेशका कुन–कुन डिप्लोम्याटहरूले लाइसेन्स लिएका थिए र आ-आफ्ना स्वदेश फर्किए भन्ने कुरा पत्ता लगाएर त्यस्ता डिप्लोम्याटको सिस्टममा रहेको विवरणमा हेरफेर गरेर सोही लाइसेन्स नम्बरमा नेपाली नागरिकलाई फेक लाइसेन्स बिक्री गरेको पाइएको छ,' विभाग स्रोतले लोकान्तरसँग भन्यो ।

फेक युजर आईडीबाट धन्दा, मसानघाटमै पुग्छन् विचौलिया

देशभरका यातायात कार्यालयमा कार्यरत कर्मचारीले पाएको युजर आईडीसँगै गिरोहको मिलेमतोमा नक्कली युजर आईडी बनाएर डेटाबेसमा विवरण हेरफेर गर्ने गरेको पाइएको छ ।

यातायात व्यवस्था कार्यालय बुटवलमा 'सेलेक्ट अल' नामक फेक युजर आईडी बनाएर सोही आईडीबाट ११५ वटा फेक लाइसेन्स जारी गरेको पाइएको हो ।

त्यसैगरी, यातायात व्यवस्था कार्यालय दाङमा 'अल युजर' नामक फेक आईडी बनाएर सिस्टमको विवरणमा हेरफेर गरी फेक लाइसेन्स वितरण गरिएको खुलेको छ ।

यसका अलावा यातायात व्यवस्था कार्यालय बुटवलमा 'एसएसएस' नामक फेक युजर आईडी बनाएर नक्कली लाइसेन्स वितरण गरिएको पाइएको छ ।

'यातायात व्यवस्था कार्यालयहरूमा सिस्टम चलाउन युजर आईडी पाएका व्यक्तिले नै दुई–दुईवटासम्म नक्कली युजर आईडी बनाएको पाइएको छ,' विभाग स्रोतले लोकान्तरसँग भन्यो, 'आधिकारिक सक्कली युजर आईडीबाट सक्कली काम गर्ने र आफैंले ह्याकरलाई पासवर्ड चोर्न दिएर ह्याक गरी दुई–दुईवटासम्म नक्कली युजर आईडी बनाएर त्यसैमार्फत सिस्टमको डेटा हेरफेर गर्ने गरेको पाइएको छ ।'

यातायात कार्यालयका कर्मचारीदेखि बिचौलिया समेत झन्डै ५ सय जनाको गिरोह नै फेक लाइसेन्स बनाउने, बिक्री वितरण गर्ने काममा संलग्न भएको हुनसक्ने उक्त स्रोतको दाबी छ ।  

स्रोतका अनुसार अझै रोचक कुरा त के भने– फेक लाइसेन्स बनाउने गिरोहले देशभरका विभिन्न घाटमा एजेन्ट नै परिचालन गरेको थियो ।

'धेरैजसो घाटमा ती गिरोहले एजेन्ट नै खटाएका रहेछन्,' स्रोतले थप्यो, 'कुन व्यक्तिको मृत्यु भएको हो भन्ने यकिन गर्ने, नागरिकता नम्बर समेत पत्ता लगाउने र त्यसपछि उक्त नागरिकता नम्बरको लाइसेन्समा विवरण हेरफेर गरी अर्को व्यक्तिलाई लाइसेन्स जारी गर्ने गरेको पाइएको छ ।'

मृत्यु भएका व्यक्तिको विवरणमा हेरफेर गरेर धेरै फेक लाइसेन्स जारी भएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केही फेक लाइसेन्समा छानबिन गरेर मुद्दा दर्ता गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन भने टुंग्याएको छैन ।

अख्तियारले अझैसम्म यातायात व्यवस्था विभागबाट पत्राचार गर्ने र बुझ्ने काम मात्र गरिरहेको छ । अहिलेसम्म कुनै पनि कर्मचारीलाई बयानका लागि बोलाइएको छैन ।

पढ्नुहोस्, यो पनि :

'फेक लाइसेन्स' खारेजीका लागि चिट्ठी बोकेर विभाग धाउनेको लर्को, ४३ हजार थान रद्द
 

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x