२६ जेठ २०८३, मंगलबार

गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक [भिडियो]

साउन २५, २०८१
काठमाडौं
गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक [भिडियो]

गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो पीआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतमा योगेश काजी शाहको संगीत र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको छ । 

प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । 

गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीताले बताइन् । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन् । 

सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ ल्याएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्