×

सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री कार्की

धरान | साउन २५, २०८१

फाइल फोटो

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

Laxmi Bank

धरान उपमहानगरपालिका–१२ स्थित पब्लिक हाई स्कूलको ७८औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयले शैक्षिकस्तर वृद्धि गरे निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ थियो ।


Advertisment

शिक्षा क्षेत्रको समग्र विकास र सुधारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।


Advertisment

शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै उनले विद्यालयको विकास र शिक्षा सुधार गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयको स्थापना दिवसको अवसरमा पब्लिक हाई स्कूलद्वारा प्रकाशित ‘पीयूष’ मुखपत्र छैठौं अङ्कको विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राध्यापक डा. इन्द्रमोहन झा, विद्यालय अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र राईलगायत जनप्रतिनिधिको उपस्थिति थियो ।

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x