
शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका गायक प्रकाश तिमिल्सिनाको उपचारको क्रममा निधन भएको छ।
उनलाई तत्काल परिवारका सदस्यले पाटन अस्पताल पुर्याएपनि बचाउन नसकिएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।
उनको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सापकोटाको भनाइ छ । त्यसपछि शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिनेछ।
गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका उनको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीत चर्चित छ ।