मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एमाले)का एक सांसदले आफ्ना सभापति रवि लामिछानेलाई ‘सहकारी ठगीमा मुछिएको मान्छे’ भनेर आरोप लगाएपछि संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नियमापत्ति गरेको छ । छानबिन समितिको निर्णय नआउँदै दोषी करार गरेको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद दामोदर पौडेल बैरागीले सहकारी ठगीमा मुछिएको मान्छेले चर्को कुरा गरेको भन्दै कटाक्ष गरेका हुन् ।
‘म पोखराको मान्छे, पोखरामा सहकारी ठगीहरूको बिगबिगी छ, सहकारी ठगीबारे धेरै विषय उठेको छ । हाम्रा माननीय रवि लामिछानेको नाम पनि मुछिएको छ, अझ उहाँ नै चर्को कुरा गर्नुभा छ,’ पौडेलले भने, ‘उहाँ नै चर्को कुरा गरेर थर्काउन खोज्नु हुन्छ, हिजो उपप्रधानमन्त्री हुँदा पनि त्यस्तै स्वर थियो, अहिले प्रतिपक्षमा पुग्दा पनि त्यस्तै स्वर छ । सहकारीको व्यवस्था गर्नु पर्दैन ? ठगिएको रकम फिर्ता गर्नु पर्दैन ? उहाँको नाम कहाँ छ, कसैले देखेको छैन ! कत्रो फाइल छ उहाँको विषयमा ! यस्ता विषयमा धेरै कुरा नगरेको राम्रो ।’
पौडेलले बोल्दा बोल्दै रास्वपाका मनीष झाले नियमापत्ति गर्दै सहकारी ठग भनेर दोषी करार गर्न नपाइने बताए । ‘संसदीय छानबिन समितिको निर्णय आउन बाँकी छ, कुनै व्यक्तिलाई कसरी दोषी करार गर्दै हुनुहुन्छ ? यसरी नाम तोकेर यस्तो अभियोग भन्न पाइन्छ ? संसदीय छानबिन समिति बनेपछि आपत्तिपूर्ण अभिव्यक्ति दिन पाइँदैन,’ झाले भने ।
त्यसपछि एमालेका सांसद पौडेलले संसदमा अराजकता निम्ताइएको आरोप लगाए । लगत्तै रास्वपा सांसदहरू उठेर पुनः नियमापत्ति गरे ।
त्यसपछि सभामुख देवराज घिमिरेले वाद–प्रतिवाद नगर्न रुलिङ गरे । त्यसपछि बोलेका सांसद पौडेलले संसदीय अराजकताकै कारण युवा पलायन हुने अवस्थाको सिर्जना आएको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...