×

सुधार गृहको दुर्दशा

वयस्कले भरियो बालसुधार गृह- २८ वर्षीय 'बालक'को सुरक्षामा २० नकटेका प्रहरी !

विराटनगर | साउन ३०, २०८१

५० जना अट्ने क्षमताको विराटनगर बाल सुधार गृहमा २३७ जना बस्ने गरेका छन् । त्यसमध्ये आधाभन्दा बढी त १८ वर्षमाथिका छन् । 

Laxmi Bank

बाल सुधार गृहमा बालबालिकालाई मात्रै राख्नुपर्ने भए पनि विराटनगरस्थित बाल सुधार गृहमा अधिकांश वयस्कहरू राख्ने गरिएको छ । त्यसमध्ये पनि १२० जना १८ वर्ष माथिका छन् । ११७ जना मात्रै बालक छन् । 


Advertisment

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उप–समितिले अनुगमन गर्दा सुधार गृहमा अधिकांश वयस्क कैदीबन्दी रहेको फेला पारेको हो । 


Advertisment

समितिको २०८०  चैत्र ८ गते बसेको बैठकले कोशी प्रदेशका तीन जिल्लाका कारागार र बाल सुधार गृहको अनुगमन गर्न उपसमिति बनाएको थियो । समितिमा जीवन परियार, पुष्पबहादुर शाह, रञ्जुकुमारी झा, राम कुमार राई र सुशीला थिङ सदस्य थिए । उपसमितिले विराटनगरको बाल सुधार गृह, मोरङ, सुनसरी र धनकुटामा रहेका कारागारहरूको अनुगमन गरेको थियो । 

उपसमितिले २०८० चैत्र १४ गतेदेखि १६ गतेसम्म सुधार गृहसहित कारागारहरूको अनुगमन गरेको थियो । एउटै कोठामा खाटमुनि र खाटमाथिगरी तीन तहमा कोचाकोच गरेर बालकहरू बसेको पाइएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । 

बालसुधार गृह यातना गृहजस्तो भएको निष्कर्षसहित उप–समितिले कानून संशोधन गर्न र भौतिक अवस्था परिमार्जन गर्न सुझाव दिएको छ । 

बालक हुँदा गरेको गल्तीको सजाय काटिरहेकाले बाल सुधार गृहमा १८ वर्षमाथिको संख्या बढेको कर्मचारीहरू बताउँछन् । अदालतबाट ढिलो फैसला आउँदा पनि धेरै समय उनीहरू यतै बस्ने गरेको बाल सुधार गृहका प्रमुख मिलन चौहानले बताए । अन्यत्र सार्ने कानून भए पनि ठाउँ अभावका कारण सार्न नसकिएको उनको भनाइ छ ।

आधारभूत सेवाबाट वञ्चित
सुधार गृहको मापदण्डभन्दा बढी उमेर समूहका भएपछि प्रशासनलाई व्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको छ । ‘१८ वर्ष पुग्न एक दिन बाँकी भएकालाई पनि यही ल्याएर राख्ने गरिएको छ । यहाँ बस्दाबस्दै धेरै वयस्क भएका छन्,’ कार्यालय प्रमुख चौहानले भने, ‘त्यसैमाथि क्षमताभन्दा चार गुणा बढी छन् । अदालतबाट आउने फैसला ढिलो हुँदा पनि समस्या भएको छ । १८ वर्षका प्रहरीले २८ वर्षीय बालकको हेरचाह गर्नु परेको छ !’

स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा मोरङ कारागारबाट गएका स्वास्थ्यकर्मीले कैदीबन्दीको चेकजाँच गर्ने गरेका छन् । सुधार गृहमा बालकहरू बिरामी भएमा अस्पताल लैजान सवारी साधनसमेत छैन ।

सुधारगृहमा कक्षा ४ देखि १० सम्म पठनपाठन गर्न विद्यालय सञ्चालन गरिए पनि त्योभन्दा माथिको पठनपाठनका लागि व्यवस्था छैन । उनीहरूले बाहिर गएर परीक्षा मात्र दिन पाउँछन् । गत शैक्षिक  सत्रमा कक्षा ११ मा २६ जनाले र १२ मा १६ जनाले विद्यालय नै नदेखी परीक्षा दिएका थिए ।

बालबालिकालाई दिइनुपर्ने आधारभूत सुविधासमेत छैन । उनीहरू आधारभूत सेवाबाट समेत वञ्चित छन् । ‘क्षमताभन्दा धेरै कैदी भएका कारण अस्तव्यस्त बनेको छ,’ सुधार गृह एक कर्मचारीले भने ।

१८ वर्ष भन्दा माथिकालाई विभिन्न किसिमका सीपमूलक तालिमसमेत दिने गरिएको छ । तर, नागरिकता नभएका बालबालिका तालिम लिनबाट समेत वञ्चित हुने गरेका छन् । 

अधिकांश जबरजस्ती करणी मुद्दाका
प्रतिवेदनमा समाजको एउटा डरलाग्दो अवस्थाको पनि चित्रण गरिएको छ । समाज कता जाँदै छ भन्ने प्रतिवेदनले देखाएको सुधारगृहका कर्मचारीहरू बताउँछन् । सुधार गृहमा रहेकामध्ये ११९ जना जबरजस्ती करणीका मुद्दाका कैदीबन्दी छन् । जसमा १४ देखि १६ वर्षका १९ जना छन् भने १६ देखि १८ वर्षसम्मका ४१ जना छन् । १८ वर्षदेखि २० वर्षसम्मका ३६ र २० वर्षमाथिका ३३ जना छन् । 

सामूहिक जबरजस्ती करणीमा ३ जना पनि सुधारगृहमा छन् । उनीहरू १६ वर्षदेखि १८ वर्षसम्मका छन् । जबरजस्तीकरणी उद्योगमै ४ जनाले सजाय काटिरहेका छन् । उनीहरू पनि १६ वर्षभन्दा माथिकै छन् ।

यस्तै, तीन सय कैदीबन्दीको क्षमता रहेको जिल्ला कारागार मोरङमा १ हजार ५२ जना कैदीबन्दी छन् । जसमा ९५३ पुरुष, ९३ महिला र ६ जना आश्रित रहेका छन् । 

१६ सय क्षमता रहेको सुनसरीको झुम्का कारागारमा भने १५७० जना कैदी बन्दी छन् । जसमध्ये ४९ जना भने विदेशी नागरिक रहेका छन् । 

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x