कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडाैं | साउन ३०, २०८१
याङ्गुन–शीर्ष जनरलले जुन्टा प्रमुखलाई हिरासतमा लिएको प्रचार अफवाह मात्र भएको म्यानमारको सेनाले जनाएको छ । उक्त हल्ला सरकारविरोधी समूहद्वारा फैलाइएको प्रचार मात्र भएको सेनाले बुधबार दाबी गरेको हो । चिनियाँ विदेशमन्त्रीको भ्रमणअघि यस्तो हल्ला फैलाइएको सेनाले स्पष्ट पारेको छ ।
जुन्टा प्रमुख मिन आङ ह्लाइङले पछिल्लो समय सैन्य समर्थकबाट सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । हाल यस क्षेत्रमा सरकारी सेना, जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र अन्य विपक्षीबीच आपसी द्वन्द्व चलिरहेको छ ।
मङ्गलबार सामाजिक सञ्जालका धेरै पोस्टमा शीर्ष जनरलले जुन्टाको शीर्ष नेतृत्व परिवर्तन गर्ने प्रयासमा राजधानी न्यापितमा सेनाप्रति बफादार सरकार प्रमुख मिनलाई हिरासतमा लिएको दाबी गरिएको थियो ।
उक्त दाबी देशको ‘शान्ति र स्थिरता’मा खलल पार्ने उद्देश्यले गरिएको प्रचार मात्र भएको सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ्ग बुधबार म्यान्मारमा मिन आङ ह्लाइङसँग वार्ताका लागि आइपुग्ने कार्यक्रम छ ।
भ्रमणको उद्देश्य विभिन्न क्षेत्रमा द्विपक्षीय पारस्परिक फाइदाजनक सहयोगलाई दृढ बनाउनु रहेको जनाइएको छ । चीन जुन्टाको प्रमुख सहयोगी हो ।
पछिल्लो समयमा जातीय सशस्त्र समूहहरूको गठबन्धनले चीनको युन्नान प्रान्तको सीमानामा रहेको उत्तरी शान राज्यको क्षेत्र जुन्टाबाट कब्जा गरेको छ ।
कब्जा गरिएको क्षेत्रमा शान राज्यको लासियो शहरमा सेनाको उत्तरपूर्वी कमान्ड समावेश छ । जहाँ करिब एक लाख ५० हजार मानिस बसोबास गर्छन् ।
गठबन्धनले ‘विदेशी’ स्रोतबाट ड्रोन र छोटो दूरीका मिसाइललगायत हतियारहरू प्राप्त गरिरहेको मिनले दाबी गरे ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...