×

नागरिकता फाँट !

काठमाडाैं | भदौ १४, २०८१

  • गोकर्णराज सुयल

    Laxmi Bank

नागरिकको विश्वास र भरोसा बोकेको जिल्ला प्रशासन कार्यालय (लमजुङ)मा अड्डा बस्नु आधा घण्टा अगाडि नै एक दर्जन सेवाग्राही यताउता टहलिन थाल्छन्


Advertisment

भर्खर लाली चढ्दै गरेकादेखि चाउरी परेको गाला भएकासम्म, अक्षरका सेताकाला अक्षर खुट्याउन नसक्नेदेखि उम्दा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन अध्यापन गरेकाहरूसम्म एकैछिनमा प्रतीक्षालयमा भरिभराउ भैहाल्छन् ।


Advertisment

एकैछिन ढिला हुँदा फाँटदेखि कार्यालय प्रमुखसम्मको कक्षमा गुनासो गर्न पुग्छन् । त्यसमध्ये एकतिहाइ नागरिकता लिने संकल्पले आएका हुन्छन् । करिब ४ मिनेटदेखि ४ घण्टासम्मको सडक यात्रा तय गर्छन्, एउटा नागरिकताका लागि ।  

नागरिकता नागरिकको अधिकार र दायित्व गाँसिएको एवं पहिचान खुट्याउने कागज हो ।

सम्बन्ध, सम्पत्तिमाथिको अधिकार अनि परिवार, समाज र राज्यप्रति दायित्व बोध गराउने अधिकारप्राप्त अधिकारीले जारी गर्ने निस्सा । त्यसैले नागरिकताले नेपालीहरू माझमा छुट्टै पहिचान, महत्त्व र विशेषता बोकेको छ ।  

नागरिकता प्राप्त गर्दाको सुख र दु:खका क्षणहरू आ-आफ्नै छन् । समाधान समस्या अनेक छन् । कसैलाई नयाँ नागरिकता चाहिएको छ । कसैलाई नागरिकताको विवरण नबुझिने भएको, झुत्रो भएको, हराएको वा नासिएको कारण प्रतिलिपि चाहिएको छ ।

कसैलाई श्रीमानसँगको नाता जोड्नु छ भने कसैलाई तोड्नु छ । कसैलाई पुरानो श्रीमानसँगको सम्बन्धलाई बिट मार्दै नयाँ सम्बन्धको गुलाब रोप्नु छ । छिमेकी मुलुकको गल्ली, कोठी र दरबारमा जीवनको ७ दशक बिताएकाहरूलाई सामाजिक सुरक्षा र सम्बन्धको ढोका खोल्नुछ । कसैलाई जातीय भेदभाव र छुवाछुतलाई छल्नुछ ।

समस्या अनेक भएपनि उपचार एउटै छ । कागजी तथ्य प्रमाणले नेपाली हो भन्ने पुष्ट्याइँ गर्नैपर्छ । जन्मदर्ता, बुबाआमाको नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाण पत्र, नाबालिग परिचयपत्र, राहदानी, जन्ममृत्यु प्रमाणित, बसाइँसराइ, वडा सिफारिश, वडा मुचुल्का, प्रहरी प्रतिवेदन आदि आवश्यकता अनुसार नेपाली हो भन्ने पुष्ट्याइँ गर्ने कागजातहरू हुन । त्यसैले कसैले आएको ५ मिनेटमै नागरिकता पाउँछन् भने कसैलाई ५ दिनभन्दा बढी लाग्न सक्छ । कतिका समस्या सम्बोधन गर्न नसक्दा दु:खका साथ रित्तो हात बिदाइ गर्नुपर्दछ ।

विगत २ महिना देखि नागरिकता फाँटमा रहेर सेवाग्राहीसँग प्रत्यक्ष साक्षात्कार गर्दा मैले अनुभूति गरेको समस्याहरू देहायअनुसार लिपिबद्ध गर्ने जमर्को गरेको छु ।

  • श्रीमान् श्रीमती सँगै ४/५ बर्ष बसेको र सन्तान समेत भएको तर श्रीमान् कुनै पहिचान नदिई बेपत्ता भएको वा श्रीमानसँग लामो समयदेखि सम्पर्क हुन नसकेको । सन्तानलाई आमाको नामबाट नागरिकता दिनुपर्‍यो भन्ने दिदी बहिनीहरूलाई श्रीमानको बारेमा थप सूचना माग्दा दिने जवाफ वा सन्तानको रोदनको आवाज सुनेर गरेर नागरिकता दिन नसकिएको अवस्था ।

  • जवानीमा माया प्रेममा परेर सहवास हुँदा बच्चा जन्मन पुगेको तर परिवार एवं समाजले जातीय विभेदको कारण बाबुको रूपमा स्वीकार गर्न नसकेको । सन्तानले बाबुको ममता र जिम्मेवारीको अनुभूति गर्न नपाएको कारण बरु नागरिकता नलिने तर बाबुको नाम नराख्ने आमा र सन्तानको जिकिर । अझ त्यसमा बाबुको पहिचान नराखी कसरी नागरिकता दिँदो रहेछ भनी प्रशासनको गेट चिहाउने बाबुको कारण नागरिकताविहीन हुने अवस्था ।

  • सन्तानको जन्म भइसकेको तर पतिको विदेश पलायन र परिवारको समेत सहमति नहुँदा विवाह दर्ता नभएका कारण घरतिरबाट नागरिकता दिन कठिन भएको अवस्था । त्रास र दबाबमा राखेर करकापमा नागरिकता दिनुपर्ने अवस्था ।

  • जन्मदर्ताका बखत बाबुको काल्पनिक नाम राखेर जन्मदर्ता गरेको र यथार्थमा उक्त व्यक्ति अस्तित्वमा नरहेको कारण भन्दै बाबुको नाम बेगरको नागरिकता माग हुने र सोही अनुसार सिफारिश भइआउँदा आउने द्विविधाको अवस्था ।

  • छिमेकी मुलुकका नागरिकसँग माया प्रेममा रहँदा सन्तानको जायजन्म भएको तर आमा र सन्तानलाई बाबुको पूर्ण पहिचान नभएको । बाबुको स्थायी ठेगाना र परिवारको पहिचान नभएको । हाल बाबु बेपत्ता रहेको अवस्था । गर्भदेखि हालसम्म विदेशी भूमि नै नटेकेको नेपालमा स्थायी रूपमा बसोवास गरेको नेपाली भाषा, संस्कृति ज्ञान भएको, कक्षा १२ सम्मको शैक्षिक उपाधि हासिल भएको, विदेशीका सन्तान नेपालीका भान्जाभान्जीले नेपाली नागरिकताको अपेक्षा गरेको अवस्था ।

  • वर्षौंदेखि छिमेकी देशका शहरी सुविधा र  संस्कारले लठ्ठिएका तर बुढेसकालमा आफन्त र देशको खोजीमा नागरिकता चाहिएकाहरू, जोसँग छिमेकी मुलुकका रासन कार्ड, आधार कार्ड र भोटिङ कार्ड समेत छन् । जवानीमा जन्मभूमि, भाषा, संस्कृति भुलेकाहरू सन्तानको माया र सामाजिक सुरक्षाको लोभमा नागरिकताका लागि याचना हुने अवस्था ।

  • चौँरी र भेडी गोठमा ७ दशक बिताएका, शहरी रहनसहन र संस्कारको बारेमा कुनै चेतना नभएका, पटक–पटक टोलीमार्फत नागरिकता वितरण भए पनि नागरिकता लिए/नलिएको कुनै सुइँको नपाएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता आवश्यक परेपछि मात्र नागरिकता लिन आउने अवस्था ।

  • उमेरले साठी काटिसेकेको । माइती, मावली र घरको अत्तोपत्तो नभएको । वैवाहिक सम्बन्धमा उत्तरचढाव आएको । शरीरमा तागत छउञ्जेल ज्यालामजदुरीमा जीवन निर्वाह गरेको तर बढ्यौलीसँगै स्वास्थ्य र आर्थिक समस्याले थिलथिलो पारेपछि सामाजिक सुरक्षा र एकल महिलाको नाममा सामाजिक सुरक्षाको अपेक्षाले नागरिकता माग हुने  अवस्था ।

  • आज सम्बन्ध तोड्ने फेरि त्यही व्यक्ति भोलि विवाह दर्ता गरी पर्सी पतिको नाम थर कायम गर्ने । एउटा पतिसँगको सम्बन्धको विधिवत् अन्त्य नहुँदै दोस्रो वा तेस्रो श्रीमानसँग नाता सम्बन्ध जोड्ने तर विधिवत् सम्बन्ध नजोड्ने अवस्थामा नागरिकता दिनुपर्ने अवस्था ।

  • जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा, राहदानीमा रहेका जन्ममिति, आमाबुबाको नाम, थर नागरिकताको विवरणसँग फरक परेकाले हैरानी पाएको गुनासो गर्दै नागरिकता संशोधनको लागि गरिने याचना ।

  • कतिका नागरिकताका प्रमाण पत्रमा उमेर मात्र उल्लेख भएको छ, कतिका नागरिकता प्रमाण पत्र र कार्यालयको अभिलेखमा नागरिकताको विवरण फरक परेको छ । रुजु गर्ने वा भिडान गर्ने कागजात नै नभएपछि सक्कली र नक्कली नागरिकता कसरी छुट्याउने अनि के आधारमा नागरिकता जारी गर्ने ?

  • लेनदेनदेखि सामाजिक सम्बन्धहरू सबैमा नागरिकता धरौटी राख्ने अनि आफ्नो बदमासी र  विश्वासघातलाई छोप्न नागरिकता हरायो भनी महिनामा एउटा प्रतिलिपि लिन आउने नागरिकलाई नागरिकताको महत्त्व बुझाउँदै सचेत गराउनु पर्ने अवस्था ।

नागरिकका अनेकौं समस्यामध्ये नागरिकता प्राप्ति प्रमुख रहँदै आएको छ । स्थान, समय र प्रविधिको विकाससँगै समस्याको सघनता अझै बढ्दै गएको छ । नागरिकता प्राप्तिमा सहजता र कष्ट दुवै अनुभूति छन् । मानवीय संवेदना, समस्या, पीडा र रोदन हेरेर नागरिकता दिन सकिँदैन । राज्यप्रतिको अधिकार र जिम्मेवारीको भावना बोध गराउने 'ब्रिडिङ डकुमेन्ट' नागरिकता सबै नेपालीले सहजै पाउनुपर्दछ भन्नेमा दुईमत छैन । त्यसो भन्दैमा प्रक्रियालाई निलम्बन गरेर नागरिकता वितरण गर्न सकिँदैन । कुनै पनि नेपाली नागरिकताको अधिकारबाट बन्चित हुनुहुँदैन भन्ने विषय जति महत्त्वपूर्ण छ, त्यति नै झुटा विवरण पेश गरी कुनै विदेशीले नागरिकता लिनसक्ने सम्भावनाका विषयमा सावधानी अपनाउनु पर्नेछ ।

– लेखक नेपाल सरकारका उपसचिव हुन् ।

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x