२७ जेठ २०८३, बुधबार

२५ हजार अमेरिकी डलर पर्ने मिस युनिभर्स नेपालको ताज सार्वजनिक

भदौ १५, २०८१
काठमाडौं
२५ हजार अमेरिकी डलर पर्ने मिस युनिभर्स नेपालको ताज सार्वजनिक

आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ ।

 “स्टार अफ द युनिभर्स” नाम दिइएको क्राउन मिस युनिभर्स २०२३ सेनिस पलासियोसले गरेकी हुन् । २४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमुल्य पत्थर प्रयोग गरेर बनाइएको क्राउन शनिवार सांझ एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।

 क्राउनको मुल्य अहिलेको बजार मुल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ । 

मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्