२६ जेठ २०८३, मंगलबार

सन्दर्भ : बुवाको मुख हेर्ने दिन- पितृको सम्झनामा दीपक खनालले ल्याए ‘सत्य’ गीत [भिडयो]

भदौ १७, २०८१
काठमाडौं
सन्दर्भ : बुवाको मुख हेर्ने दिन- पितृको सम्झनामा दीपक खनालले ल्याए ‘सत्य’ गीत [भिडयो]

टुँकीमा निभेको सलेदो छदैछ, 
सजलले भरेको परेलो छदैछ
हजुरले लिनुभयो नफिर्ने सवारी, 
विदामा छिनेको कलेजो छदैछ, 
सजलले भरेको परेलो छदैछ ।

कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर दीपक खनालले सार्वजनिक गरेको गीतको अंश हो यो । संसारको सबैभन्दा प्रिय ठूलो अभिभावक बुवालाई गुमाउनु पर्दाको क्षणलाई कविता केशरीले शब्दमा उतारेकी छिन् । तिनै ओजपूर्ण शब्दलाई गायक खनालले श्वर भरेर गीत तयार भएको छ । 

दीपक पेशेवर गाएक होइनन् तर, तिनको बोल्ड श्वरले गीतका गहकिला भावलाई न्याय गरेको छ । सरकारी सेवामा रहेका दीपकको गायन सौखको विषय हो । पहिलो पल्ट सुन्दा यसको भाव बुझ्न कठिन पर्छ तर, दोहोर्‍याएर सुन्दा जो कोहीका आँखा रसाउँछन् । 

भारतमा संगीत साधनाको गहिरो अध्ययन गरेर नेपालमा संगीत विद्यालय खोलेका भरत बस्नेतले संगीत भरेको यो एकाक्षरी काफियाको बहर गजल हो । जगतको सबैभन्दा प्रिय व्यक्ति (बुवा)लाई गुमाउँदा दर–सन्दानमा पर्ने पीडालाई गीतमा व्यक्त गरिएको छ । 

‘प्रिय व्यक्ति बुवा गुमाउँदाको पललाई शब्दमा उतारिएको छ । संसारका अरू सबै चिज उस्तै छन् । बुवा नहुँदाको क्षणको कल्पना गीतमा छ’ गायक खनालले भने । 

गीतमा बुवाको ठाउँमा हजुर राखिएको छ । ‘टुकीमा निभेको सलेदो छ, सजल (आशु)ले भरेको परेलाहरू उत्तिकै रसिला छँदैछ । मझेरी पनि छ, पाखा पखेरा उस्तै छन् । आग्लो (चुकुल) लगाएको ढाको जस्ताको तस्तै छ । सविता (सूर्य) पनि जस्ताको तस्तै छ चन्द्रमा पनि छँदैछ । चराचर जगतमा सबै कुरा छ, त्यही प्रमुख व्यक्ति बुवा मात्र हुनुहुन्न भन्ने भाव गीतमा छ’ खनालले भने । 

चुमेको धरामा सुतेको छ शैया
मझेरी छँदैछ, गोरेटो छँदैछ
कुनै मार्ग छानि नसोधी ऊ आयो 
चुकुलले कसेको तगारो छँदैछ

ढोकामा लगाएको चुकुलले काललाई रोक्न नसकेको भाव यो शब्दले बुझ्न सकिन्छ । बुवाको निधनपछि छोरो एक्लो भएको र महलमा निराशा ढलेको गीतको भाव छ । ‘मृत्यु शाश्वत सइत रहेकोले गीतको नाम ‘सत्य’ राखेको छु, त्यसलाई हामी सबैले सहन गर्नुपर्छ’ गायक खनालले भने । 

बुवा नभएपछि मानिसको जीवनमा आउने सन्नटालाई गीतको लयमा ढालिएको छ–
बिरुवा हजुरको, म एक्लो टुहुरो
महलमा निराशा ढलेको छँदैछ 
‘त्यो महल भनेको शहरको कुनै बिलाशी भवन होइन, गाउँको छाप्रो या कटेरो पनि हुन सक्छ । केवल बिम्बको रूपमा महल प्रयोग भएको छ’ खनाल भन्छन् ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्