कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | भदौ २४, २०८१
विशेष अदालतले मेलम्ची खानेपानी विकास समिति आयोजनामा भएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिवसहितका केही प्रतिवादीलाई कसुरदार ठहर गरेको छ । सोमबार विशेष अदालतमा अध्यक्ष टेकनारायण कुँवरसहित सदस्य तेज नारायण सिंह राईको इजलासले भ्रष्टाचार मुद्दामा फैसला गर्दै सजाय निर्धारणका लागि असोज ७ गतेका लागि अर्को पेसी तोकेको हो ।
१५ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा पूर्वसचिव भीम उपाध्यायसहितका केही प्रतिवादीले भने सफाइ पाएका छन् ।
यस्तै प्रतिवादी चन्द्रबहादुर थापाले पनि सफाइ पाएका छन् । उनी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्यमात्रै रहेको देखिएको भन्दै अदालतले उनले कुनै पनि बदनियत र लापरबाही समेत गरेको नदेखिएको भन्दै सफाइ पाउने ठहर गरेको हो ।
यस्तै विशेष अदालतले प्रतिवादी घनश्याम भट्टराईलाई पनि सफाइ दिएको छ ।
तर तत्कालीन सचिव गजेन्द्र ठाकुर र सूर्यराज कँडेल दोसी ठहर भएका छन् भने तत्कालीन खानेपानी विकास बोर्डका निर्देशक रामचन्द्र देवकोटा, परामर्शदाता कम्पनीका शिवकुमार शर्मालगायत पनि दोषी ठहर भएका छन् ।
अदालतले ठाकुर र देवकोटाको हकमा १० करोड ६९ लाख बिगो ठहर हुने आदेश अदालतले गरेको छ ।
यस्तै कँडेल, शिवकुमार शर्मा र तीन कम्पनीको हकमा १ करोड ५२ लाख बिगो ठहर भएको छ । यस्तै रेन्टल चार्ज शीर्षकमा गजेन्द्र कुमार ठाकुर र सूर्यराज कँडेललाई थप ३ करोड ८८ लाख बिगो माग भएको छ ।
संक्षिप्त आदेश हेर्नुहोस्
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...