पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
बग्दाद–इरानका नवनिर्वाचत राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधवार छिमेकी राष्ट्र इराक पुगेका छन् ।
इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति पेजेस्कियनलाई स्वागत गरेको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
आफ्नो सम्बोधनमा पेजेस्कियनले इरानको अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज बनाई अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्ध कम गर्न छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
युक्रेनविरुद्ध प्रयोजनका लागि रुसलाई छोटो दूरीको क्षेप्यास्त्र आपूर्ति गरेकोमा पश्चिमी देशहरूले मङ्लवार इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेपछि उनको भ्रमण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘शत्रुतापूर्ण’ कदमका लागि उचित कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
गाजा युद्धले मध्यपूर्वमा उत्पन्न उथलपुथलको बीचमा भएको भ्रमणले यस क्षेत्र वरपर इरान समर्थित सशस्त्र समूहहरूलाई आकर्षित गरी वासिङ्टनसँग बग्दादको सम्बन्धलाई जटिल बनाएको छ ।
सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी प्रभुत्व भएको शासनलाई अपदस्थ गरेपछि इरान र इराक, दुवै शिया बहुल देशहरूबीचको सम्बन्ध नजिक पुगेको छ ।
पेजेस्कियनले इरान छोड्नुअघि ‘इराक आफ्नो मित्र मुस्लिम देशमध्ये एक भएका’ले पहिलो यात्राका रूपमा यस देशमा जान लागेको उल्लेख गरेको इरानी राष्ट्रिय टेलिभिजन जनाएको छ ।
विशेषगरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा इस्लामिक गणतन्त्र र प्रमुख शक्तिहरूबीचको ऐतिहासिक आणविक सम्झौताबाट भएको बहिर्गमनपछि इरानले वर्षौंसम्म पश्चिमी प्रतिबन्धहरूको सामना गर्नुपरेको छ ।
लाखौं इरानी तीर्थयात्री इराकको शिया पवित्र शहर नजफ र कर्बालाको यात्रा गर्छन् । राष्ट्रपति पेजेस्कियनले पनि आफ्नो भ्रमणको क्रममा उक्त तीर्थस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
पेजेस्कियन कुर्दिश अधिकारीहरूसँग वार्ताका लागि कुर्दिश क्षेत्रीय राजधानी अरबिल पनि जाने योजना रहेको इरानको आधिकारिक इरना समाचार एजेन्सीले जनाएको छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...