×

सम्बन्धविच्छेदको मुद्दा

सीके राउतको आरोपमा पत्नीको प्रतिवाद– धेरै टर्चर सहेँ, मलाई डिभोर्स चाहिएको छैन

पत्र लेखेर राउतले दिएका थिए २ विकल्प, भारत फर्काउने कुरामै जोड

काठमाडाैं | भदौ ३१, २०८१

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतकी श्रीमती सोनी सिन्धु रानीले आफूलाई डिभोर्स (सम्बन्धविच्छेद) नचाहिएको बताएकी छन् ।

Laxmi Bank

विगतमा पटक–पटक घरेलु हिंसा र टर्चरको सिकार भएका बेला आवेशमा आएर डिभोर्स चाहियो भने पनि अहिले आफूलाई जबर्जस्ती पन्छाउन खोजिएको उनको गुनासो छ ।


Advertisment

ललितपुर जिल्ला अदालतमा दायर सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा राउतले श्रीमतीले नै डिभोर्स मागेको र पटक-पटक आत्महत्या प्रयास गरेको कुरालाई मुख्य आधार बनाएका छन् ।


Advertisment

तर, सोनी भने घरेलु हिंसाका कारण आफू बाध्य भएर त्यो अवस्थामा पुगेको बताउँछिन् ।

'बिहे गरेर आएदेखि नै उहाँले जतिबेला पनि टर्चर गर्नुहुन्थ्यो, कुटपिट गर्नुहुन्थ्यो,' सोनीले लोकान्तरसँग भनिन्, 'त्यसैले आवेगमा आएर आत्महत्या प्रयास गरेकी थिएँ । डिभोर्स पनि मागेकी थिएँ । तर, अहिले मलाई डिभोर्स चाहिएको छैन ।'

सीके राउतले भदौ १२ गते ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । सन्तान आफूसँगै रहने गरी कुल सम्पत्तिको ५ भागको १ भाग मात्र दिलाएर सम्बन्धविच्छेद गराइदिन उनको माग दाबी छ ।

फिरादपत्रमा राउतले झुटा आरोप समेत लगाएको सोनीले बताइन् ।

'मलाई डिभोर्स चाहिएको छैन । अहिले डाक्टरसाबले धेरै सम्पत्ति आर्जन गरेपछि दाजु जयकान्त राउतको उक्साहटमा डिभोर्सको मुद्दा फाइल गरेका हुन्,' उनले लोकान्तरसँग भनिन्, 'मलाई डिभोर्स होइन, न्यायसहितको अधिकार चाहियो ।'

बिहे भएपछि लन्डन र अमेरिकामा बस्दादेखि नै राउतले आफूलाई टर्चर गरेको उनको गुनासो छ । 'कम्प्युटर सिक भन्दा मैले सकिनँ । त्यसपछि तिमी कुनै कामको मान्छे होइनौ, चुल्लुभर पानीमा डुबेर मर भनेर टर्चर गर्नुहुन्थ्यो,' उनले थपिन् ।

६ वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेयता भने आफूमाथि कुटपिट नभएको उनले खुलाइन् । 'विगतमा दिनहुँ कुटपिट गर्ने, हेला गर्ने, श्रीमतीजस्तो व्यवहार नै नगर्ने भएपछि म डिप्रेसनमा पुगेर आत्महत्या प्रयास गरेको हो,' उनले भनिन्, 'त्यतिबेला आवेश, आक्रोशमा आएर डिभोर्स मागेको हो । तर, अहिले मलाई डिभोर्स चाहिएको छैन ।'

आफूले एउटा क्रोनिक स्वास्थ्य समस्या झेलिरहे पनि उपचार गर्न नदिएको उनको गुनासो छ । 'मलाई एउटा क्रोनिक खालको स्वास्थ्य समस्या पनि देखिएको छ । उपचार गर्न जान्छुभन्दा डाक्टरले के-के गरिदिन्छ भनेर आशंका गर्नुहुन्छ,' उनले भनिन् ।

राउतले गरेको आशंका उपचार के कस्तो हुन्छ भन्ने खालको होइन, डाक्टरप्रति चारित्रिकरूपमा नै आशंका गरेर उपचारमा जान नदिएको उनले खुलाइन् ।

अझ रोचक कुरा त के भने आफूलाई वैज्ञानिक दाबी गर्ने राउतले फिरादपत्रमै श्रीमतीको माइतीपक्षबाट आफूमाथि टुनामुना हुन सक्ने प्रस्टरूपमै लेखेका छन् ।

परिवार नियोजनको अप्रेसन गराएको केही दिनपछि असह्य दुखाइ हुँदा पनि उपचार नगराइदिएको उनको गुनासो छ । साथै, आफूलाई अनेकखाले टर्चर दिने गरेको उनले बताइन् ।

'माइतको कोही आयो भने उसैसँग फस्यो भन्ने डाक्टरसाबको मानसिकताका कारण मेरो माइतबाट पनि कोही आउँदैनन्,' उनले भनिन् ।

पछिल्लो समय गत वैशाखमा बच्चाको स्कूल भ्यान छुटेपछि पनि धेरै गाली खानुपरेको गुनासो उनले गरिन् ।

'डाक्टरसाबको सहयोगी रामनारायण साह गाउँ गएको थियो । घरको काम गर्दागर्दै स्कूल भ्यान मिस भयो । मैले आफैं बच्चालाई स्कूल पुर्‍याएँ । फर्किएर आइसकेपछि उहाँले मलाई गालीगलौज गर्दै डिभोर्स माग्नुभयो,' उनले थपिन्, 'त्यही बेलादेखि नै मसँग डिभोर्स मागिरहनुभएको छ ।'

केही दिनअघि मात्र राजविराज बस्ने आफ्नो सानीआमाको छोरा र राउत परिवारका सदस्य राखेर पञ्चायती (पारिवारिक भेला) गराएको उनले बताइन् ।

'मेरो दोष मात्र झिक्न लगाएर, मलाई नै गलत देखाएर विना कुनै निष्कर्ष पञ्चायती भयो,' उनले थपिन्, 'त्यसपछि कागज र स्ट्याम्प ल्याएर डिभोर्स पेपरमा साइन गर्न दबाब दिनुभयो ।'

सोनीले अगाडि भनिन्, 'कुनै सन्तान लैजान दिन्नँ, सम्पत्तिको एक अंश मात्र दिन्छु, डिभोर्स गर् कि गर् भनेर ४ दिनसम्म डिभोर्स पेपर मेरो मुखमा फाल्नुभयो,' उनले थपिन्, 'अहिले मलाई डिभोर्स चाहिएकै छैन । म डाक्टरसाबसँगै बस्न चाहन्छु ।'

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनुभन्दा ११ दिनअघि राउतले अर्को एउटा पत्र दिएको उनले खुलाइन् । 'सबै धन सम्पत्ति र बच्चा समेत तिमी नै राख, तर डिभोर्स गर' भनेर पत्रमा राउतले २ वटा विकल्प दिएका छन् ।

पहिलो प्रस्ताव डिभोर्स भएपछि भारतको पूर्णियास्थित माइतीमा गएर बस्नुपर्ने छ ।

दोस्रो विकल्पमा नेपालमै रहने हो भने पनि श्रीमतीका दाजु (बौवा भाइजी)सँग सल्लाह लिएर कानूनी निर्णय लिन राउतको प्रस्ताव छ ।

पत्रमा राउतको जोड भने भारत फर्काउनेतिर नै देखिन्छ ।

'१७ वर्षदेखि हरेक दिन टर्चर भइरहेको कुरा तिमी आफैंले भन्दै आएकी छौ । टर्चर झेल्ने क्यापासिटी पनि अब रहेन, बर्दास्तभन्दा बाहिर गइसक्यो भनिरहेकै छौ । न अब तिमी बदलिन सक्छौ, न म बदलिन सक्छु । पटक-पटक मिलेर बस्ने कोशिश पनि गरेकै हो । निश्चित कन्ट्रयाक्ट पनि गरेर हेरेकै हो । तर, पनि सुधारको कुनै गुञ्जायस देखिएन,' पत्रमा भनिएको छ ।

राउतले अगाडि लेखेका छन्– 'विगतका कुरालाई लिएर छलफल वा झगडा गर्नु आवश्यक छैन । हरेक दिनका १० वटा शिकायतकै विषय लियौं भने पनि सवा लाख विषय हुन्छ । त्यसैले जे भयो–भयो, त्यसलाई बिर्सेर अगाडिको बाटो सोचौं । तिम्रो जीवनको लक्ष्य मलाई बर्बाद गर्नु, बदनाम गर्नु, ध्वस्त गर्नु नै छ भने म अब बर्बाद र ध्वस्त हुन पनि तयार छु,' राउतले लेखेको पत्रमा उल्लेख छ ।

समस्या आफूहरूबीच रहेकाले आफूहरूले नै सुल्झाउन पर्ने राउतले लेखेका छन् ।

'आमा, बुवा, भाइ, बहिनीसहितका कुनै पनि नातेदार होऊन् वा अन्य मानिस, उनीहरूले दिनभर पञ्चायती गरिदेलान् र आ-आफ्नो घर फर्किएर जालान् । झेल्नु हामीले नै पर्छ । त्यसैले कृपया शान्तिसँग कुरा गर्दै निर्णय गरौं । रुनु/कराउनु आवश्यक छैन । इश्युलाई डाइभर्ट गर्न जोर–जोरले कराउन वा हल्ला गर्न पनि आवश्यक छैन,' राउतले श्रीमतीलाई लेखेको पत्रमा उल्लेख छ ।

हेर्नुहोस्, राउतले हिन्दीमा लेखेर पत्नीलाई दिएको पत्र :

null

राउतले पत्नीलाई दिएको पत्र

उक्त पत्रमा राउतको हस्ताक्षर छैन । तर, उनले पत्र दिएको प्रमाण सुरक्षित रहेको सोनी बताउँछिन् ।

पत्रको आशयविपरीत राउतले भदौ १२ गते कुल सम्पत्ति ५ भाग लगाई १ भाग मात्र श्रीमतीलाई दिएर सम्बन्धविच्छेद गराइदिन माग गरेका छन् । ३ वटै सन्तान आफूसँगै राख्ने उनको दाबी छ ।

सम्बन्धविच्छेदको मुद्दा दायर भए पनि राउत दम्पती इमाडोलस्थित एक घरमा सँगै बसोबास गर्दै आएका छन् । सोनीलाई राउतले कडा निगरानीमा राखेको निकटस्थहरू बताउँछन् ।

अहिले राउतको सहयोगविना मुद्दा लड्न उनलाई निकै अप्ठ्यारो छ । कानूनी प्रक्रियामा उनले कानून व्यवसायीहरूबाट सहयोगको अपेक्षा समेत राखेकी छिन् ।

पढ्नुहोस्, यो पनि :

सीके राउतको फिराद पत्र : श्रीमतीमाथि गम्भीर आरोप, ५ भागको १ भाग सम्पत्ति मात्र दिन माग
 

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x