कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडाैं | असोज २, २०८१
युट्युबमा नाम कमाउने प्रयासमा स्टन्ट गर्न लागेका एक युट्युबरलाई भारतको उत्तर प्रदेशको ग्रेटर नोएडामा पाँच घण्टासम्मको उद्धार अपरेसनपछि सकुशल तल झारिएको छ ।
एनडीटीभीको रिपोर्टअनुसार निलेश्वर नामका ती युट्युबरले ग्रेटर नोएडाको तिग्री गाउँमा रहेको मोबाइल टावरमा चढेर स्टन्ट गर्ने प्रयास गरेका थिए ।
करिब ८ हजार ९०० सब्सक्राइबर भएको ‘निलेश्वर२२’ नामक युट्युब च्यानलको लागि थप भ्युज बढाउने उद्देश्यले उनले यो खतरनाक स्टन्ट गरेका थिए । स्टन्टको भिडियो तलबाट उनका साथीले खिचिरहेका थिए ।
उनको यो स्टन्टले छिट्टै स्थानीयको ध्यान तान्यो र घटनास्थलमा भीड जम्मा हुन थाल्यो । ठूलो भीड देखेर भिडियो खिचिरहेका उनका साथी भागे । निलेश्वर भने मोबाइल टावरको माथिल्लो भागमा फसे । घटनास्थलमा पुगेको प्रहरीले उनलाई सकुशल उद्धार गर्न ५ घण्टा लगाएको थियो ।
प्रहरीले भ्यूज बढाउने नाममा यस्ता खतरनाक गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो घटना घट्नु केही समयअघि भारतकै पुणेमा अर्को एक जोखिमपूर्ण स्टन्ट गरिएको थियो । एक महिला अग्लो भवनबाट एक पुरुषको हात समाउँदै झुन्डिएकी थिइन् । गत महिना उनीहरूलाई पक्राउ गरिएको थियो । भिडियो खिच्ने व्यक्ति भने घटनास्थलबाट फरार भएका थिए ।
केरलाका युट्युबरको कारभित्र स्विमिङ पुल
केरला निवासी युट्युबर सन्जु टेक्कीले मलयालम फिल्मबाट प्रेरित भएर आफ्नो कारभित्र स्विमिङ पुल बनाउने जोखिमपूर्ण स्टन्ट गरेका थिए ।
उनले कारभित्र टारपोलिनको पाना बिछ्याएर पानी भरे अनि गाडी चलाए । तर पानी ड्राइभरको सिट र इन्जिनमा छिर्न थालेपछि गाडी रोकेर पानी निकाल्न खोज्दा ट्राफिक जाम भयो ।
प्रहरीले युट्युबर र उनका साथीहरूमाथि कडा कारबाही गर्दै गाडीको दर्ता प्रमाणपत्र निलम्बन गरेको छ भने चालकको लाइसेन्स एक वर्षको लागि रद्द गरेको पीटीआईले जनाएको छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...