जेठ १६, २०८१
क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...
काठमाडाैं | असोज २, २०८१
सन् १९९० को विश्वकप फूटबलमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्वस्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधवार ५९ वर्षको उमेरमा निधन भएको छ ।
आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित गोलकर्ताका लागि प्रतीक बनेका सिलाचीलाई श्रद्धाञ्जलि अर्पण गर्ने जुभेन्टस इटालीका फूटबल क्लबमध्ये एक थियो । क्लबले जुभे शर्टसहित उनको तस्वीरका साथ सामाजिक सञ्जालमा ‘सियाओ टोटो’ भनेको छ ।
आन्द्राको क्यान्सरबाट पीडित सिलाचीको पलेर्मोको ‘सिभिको’ अस्पतालमा निधन भएको इटालेली सञ्चारमाध्यमले जनाएका छन् ।
मुलुकको फूटबल महासङ्घ (एफआईजीसी)ले इटालीमा अहिलेदेखि आगामी सप्ताहन्तसम्म खेलिने सबै खेलमा किक–अफअघि ‘प्रतिबिम्बित मिनेट’ हुने जनाएको छ ।
‘उनको अनुहार सामूहिक खुशीको प्रतीक बनेको छ । उनको गोल उत्सव सधैँ इटालेली फूटबल विरासतको हिस्सा रहनेछ,’ एफआईजीसीका प्रमुख ग्याब्रिउल ग्रेभिनाले विज्ञप्तिमा भनेका छन् ।
सन् १९८० को दशकको प्रारम्भमा मेसिनामा आफ्नो करियर शुरू गरेपछि सिलाचीले जुभेन्टस र इन्टर मिलानका लागि खेले र उनलाई क्लब खेलमा सामान्य सफलता प्राप्त भयो ।
उनको सर्वश्रेष्ठ क्लब सिजन सन् १९९० विश्वकपभन्दा ठीक अघि रह्यो । त्यतिबेला उनले सबै प्रतियोगितामा २१ पटक गोल गरे र जुभेन्टसले युईएफए कप र इटालियन कप जित्यो ।
तर इटाली इटालिया ९० को सेमिफाइनलमा पुग्दा ६ गोल गरेर उनी त्यो समर हट क्लब स्ट्राइकरबाट राष्ट्रिय नायक बनेका थिए ।
‘जुभेन्टसमा सन् १९९० को उक्त अविश्वसनीय गर्मीमा सम्पूर्ण इटालीका साथ यस्तो गर्नुअघि उनीबाट उत्साहित हुन पाउँदा हामी भाग्यशाली थियौँ,’ जुभेन्टसले भनेको छ, ‘अलबिदा, टोटो । धन्यवाद ।’
सिलाचीले सो विश्वकपको शीर्ष गोलकर्ता भएर गोल्डेन बुट जितेका थिए । साथै उनले डिएगो म्याराडोना र लोथर माथ्युजजस्ता खेलाडीहरूभन्दा अघि रहेर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बलसमेत जिते ।
इटाली नेपोलीका लिजेन्डसमेत रहेका म्याराडोनाको टोली अर्जेन्टिनासँग पराजित भएको थियो । म्याराडोना नेपल्समा आफ्ना प्रशंसकहरूसामु आयोजक मुलुक इटालीलाई अन्तिम चारको खेलमा पेनाल्टी सूटआउटमा हराउन सफल रहेका थिए ।
सिलाचीले आफ्नो मुलुकका लागि १६ क्याप जितेका थिए । उनले आफ्नो करियरमा इटालीका लागि विश्वकपमा ६ गोल गरे । राष्ट्रिय टोलीका लागि अर्को एक थपेर उनले सात गोल पुर्याएका थिए । सिलाचीले सन् १९९० विश्वकपको चार वर्षपछि जापानमा जुबिलो इवाताका लागि इन्टर मिलान छोडे । जुबिलो इवातामबाटै उनले आफ्नो करियर अन्त्य पनि गरे ।
क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...