फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडाैं | असोज २, २०८१
व्यवस्था परिवर्तन गर्न भन्दै आन्दोलन गरिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका छन् । सैनिक हिरासतमा बसेर आएको मान्छे प्रहरीसँग नडराउने उनले बताए ।
बुधवार साँझ आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले बिहीवारका लागि सर्लाहीका तय गरिएको कार्यक्रमबाट डराएर सरकारले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरेको आरोप लगाएका हुन् ।
‘भोलि संविधान दिवसको दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं, १ लाख मानिस उपस्थित हुने देखेपछि मलाई पक्राउ पुर्जी जारी गरिएको छ,’ प्रसाईंले भने, ‘प्रचण्डको नेतृत्वमा सरकार रहुन्जेल मलाई पक्राउ पुर्जी जारी भएन । केपी ओलीको कार्यकाल राणाकालभन्दा खतरा भयो । बोल्न नपाइने, यही हो लोकतन्त्र ?’
प्रहरीको साइबर व्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंले बुधवार प्रसाईंलाई पक्राउ पुर्जी जारी गरेको थियो । ‘मैले कसैको नाम लिएर बोलेको छैन, प्रतिशोध साँध्न मात्र पक्राउ गर्न लागिएको हो । उपरवालाले यसको हिसाब–किताब गर्छन्,’ उनले भने ।
प्रसाईंले आफू गणतन्त्रका लागि सैनिक हिरासतमा बसेको भन्दै प्रहरीसँग नडराउने बताए । ‘म डराउँदिन, बलात्कारको आरोप लागेर लगेको भए बेइज्जत हुन्थ्यो । प्रहरीले कति दिन थुन्छ मलाई, बढीमा २४ दिन होइन ? त्यसपछि म आइहाल्छु,’ प्रसाईंले भने ।
उनले जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आफू उच्च अदालतमा जानेबारे कानूनी परामर्श गरिरहेको बताए । प्रसाईंका सहयोगीहरूले घर बाहिर प्रहरीले निगरानी बढाएको बताएका छन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...