बैशाख २७, २०८१
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
काठमाडाैं | असोज २, २०८१
रामजी बहादुर श्रेष्ठ अध्यक्ष रहेको भनिएको नेपाल ब्याडमिन्टन संघ खारेज गर्न माग गरिएको छ । संघका पूर्वउपाध्यक्षहरु नरेश बहादुर सिंह, विश्वेस श्रेष्ठ, सुभाष श्रेष्ठ तथा तदर्थ समिति सदस्य ऋषिकेश श्रेष्ठ र सुनिल श्रेष्ठले संघ अवैध भएको जिकिर गर्दै खारेज गरेर नयाँ तदर्थ समिति बनाउन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमक्ष निवेदन दिएका हुन् ।
उनीहरूले मन्त्रालयमा दर्ता गराएको निवेदनमा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति विनै श्रेष्ठले अवैधरुपमा निर्वाचन तथा साधारण सभा सम्पन्न गराएको उल्लेख छ। निवेदनअनुसार २०८० जेठ २९ मा परिषद्ले संघको तदर्थ समिति गठन गरेकोमा श्रेष्ठले २०८१ साउन २२ मा निर्वाचन सहितको साधारण सभाका लागि स्वीकृत माग गरेका थिए । तर मापदण्ड पूरा नगरेका कारण परिषद्ले स्वीकृति प्रदान नगरेको निवेदनमा उल्लेख छ ।
‘यसरी रामजी बहादुर श्रेष्ठले आजसम्म पनि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त नगरी अवैध ढङ्गबाट संघ कब्जा गरी राजनैतिक दलको भ्रातृ संगठनको रूपमा सञ्चालन गरिरहेका छन्’, निवेदनमा भनिएको छ, ‘नेपाल ओलम्पिक कमिटीमा सचिवको रूपमा नेपाल ब्याडमिन्टन संघकातर्फबाट प्रतिनिधित्व गर्दै आएका उनले राष्ट्रिय खेलकुद परिषद्को कुनै लिखित निर्देशन समेतलाई बेवास्ता गरी आफूखुसी ढङ्गबाट संघ सञ्चालन गरिरहेको र मनोमानी ढंगले निर्वाचन गरेको तर राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएको हुनाले ब्याडमिन्टन खेल र खेलाडी संरक्षण गर्नका लागि तत्काल श्रेष्ठ अध्यक्ष रहेको भनिएको अवैध नेपाल ब्याडमिन्टन संघ खारेज गरी नयाँ तदर्थ समिति बनाउन जोडदार माग गर्दछौँ ।’
साथै परिषद्को स्वीकृति विना खेलाडीहरूलाई विदेशमा खेल्न पठाउने नाममा अवैध संघकै पदाधिकारीहरू महिनैपिच्छे विदेश भ्रमणमा गइरहेको भन्दै यो कार्य रोक्न समेत सम्बन्धित निकायलाई निर्देशन दिन अनुरोध गरिएको छ ।
संघको उल्लेखित समस्याहरूको तुरुन्त समाधान गरी खेल र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि भूमिका खेल्नसमेत मन्त्रीलाई आग्रह गरिएको छ ।
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...
सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । ...
क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...