कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडाैं | असोज ३, २०८१
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएकी छन् । ललितपुर प्रहरी वृत्त सातदोबाटो पुगेर उनले बिहीबार निवेदन दिएकी हुन् ।
श्रीमानले विगत केही दिनदेखि विभिन्न किसिमका डर/त्रास देखाई सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएको सोनीको निवेदनमा उल्लेख छ ।
'सम्बन्धविच्छेद नगरेमा म जे पनि गर्न सक्छु । म अहिले निर्वाचित सांसद छु । मेरो पहुँच माथिल्लो निकाय र सरकारसम्म छ । म चाहेको खण्डमा जे पनि गर्न सक्छु । तिमी मसँग नबस । उपत्यका छाडी गाउँघरमा जाऊ भनेर दबाब दिँदै ज्यानसम्बन्धी धाक/धम्की दिएको हुँदा म आफूलाई असुरक्षित ठानी यस वृत्तमा उपस्थित भएकी छु । विपक्षी श्रीमानलाई उपस्थित गराई आवश्यक कारबाही गरी शान्ति सुरक्षाको व्यवस्था समेत गरी पाऊँ,' निवेदनमा उल्लेख छ ।
मुद्दा फाँटका प्रहरी निरीक्षक नरहेकाले भोलि शुक्रबार दर्ता हुने भनी निवेदन प्रहरीमै छाडेर आएको सोनीले लोकान्तरलाई बताइन् । डा. सीके राउतले सम्पत्ति ५ भाग लगाई १ भाग दिएर श्रीमतीसँग सम्बन्धविच्छेद गराई पाऊँ भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
प्रहरी वृत्त सातदोबाटोमै भेटिएकी सोनीले लोकान्तरसँग कुराकानी समेत गरेकी छन् । प्रस्तुत छ, सोनीले लोकान्तरसँग गरेको कुराकानीको सम्पादित अंश :
मेरो श्रीमान मलाई डिभोर्स दिन्छु भनेर 'माइन्ड मेक अप' गरेर बस्नुभएको छ । सहमतिमै डिभोर्स गर्यौ भने केटाकेटी र अंश समेत पाउँछौ, नत्र केही पनि पाउँदैनौ भनिरहनुभएको छ । मेरो यति पावर छ कि म एक्लै डिभोर्स दिन्छु, गरेर देखाउँछु भनेर डराउने, धम्क्याउने, थर्काउने काम गर्नुभयो । तर, पनि मैले साइन गरिनँ । हामी अहिले एउटै घरमा बसिरहेका छौं । बच्चाप्रति आमाको जे कर्तव्य छ, त्यो गरिरहेको छु । श्रीमानप्रति पनि जे कर्तव्य छ, त्यो सबै गर्दैछु । मैले नमानेपछि जबरजस्ती उहाँले डिभोर्सको मुद्दा दायर गर्नुभएको छ । मलाई डिभोर्स चाहिएको छैन । मलाई न्यायसंगत अधिकार चाहियो ।
कानूनको दायरामा जे–जे अधिकार हुन्छ, त्यो सबै चाहियो । सँगै बस्न नमानेको हो भने छुट्टै बस्न पनि सकिन्छ । केटाकेटी एडल्ट नहुँदासम्म आमा र बुवा दुवैको सहयोग र माया चाहियो नि ! म केटाकेटीसँगै बस्न चाहन्छु । अहिले एकै घरमा बसे पनि फ्लोर छुट्टाछुट्टै छ ।
जुनबेला डाक्टरसाब जेल बस्नुभयो, त्यो बेला हामीलाई पनि पुलिसबाट टर्चर थियो । घरबाट केही आशा थिएन । माइती पनि टाढा थियो । माइतीबाट आमा र बहिनी आएर मेरो बच्चाको रेखदेख गर्नुभयो । छुटकारा पाउन खोजेको भए त्यो दिन नै छुटकारा लिन्थें होला नि !
उहाँलाई अहिले पनि मैले नै खाना बनाएर दिइरहेको छु । आफ्नो बच्चालाई कति माया गर्छ भन्ने कुरा कुनै आमाले प्रमाणित गर्नुपर्छ र ? उहाँ पनि आमाको कोखबाट जन्मिनुभएको हो । आमाबुबाले नै पालनपोषण गर्नुभएको व्यक्ति हो ।
अहिले उहाँको दाइले उक्साएका कारण डिभोर्स माग्नुभएको हो । जुन दिनदेखि उहाँको दाइ राजनीतिमा लाग्नुभएको छ, त्यो दिनदेखि नै उहाँले उक्साउनुभएको हो । १ भाग सम्पत्ति दिएर छुटकारा पाउन सकियोस् र बाँकी सम्पत्ति आफ्नो होस् भनेर उक्साउनुभएको छ ।
मेरो श्रीमानले अझैसम्म मेरो पहिचान लुकाएर राख्नुभएको छ । मिडियाको अगाडि गयो, पुलिसकोमा गयो भने ज्यानको खतरा हुनसक्छ, किड्न्याप गर्न सक्छन् भनेर बाहिर निस्किन दिनुभएन । मेरो पहिचान लुकाएर राख्नुभयो ।
मेरो बच्चा नभएको भए म पनि इन्डिपेन्डेन्ट भएर काम गर्न सक्थें । बस्न सक्थें । तर, मलाई बच्चाको माया छ । उनीहरूलाई आमा र बुवा दुवैको मायाको खाँचो छ । विगतमा बिरामी हुँदा उपचार नगराउने, मरे मरोस्, मरेदेखि एउटा कामवाली राखिदिन्छु भनेर टर्चर दिने गरेकाले मैले डिभोर्स मागेको थिएँ । त्यतिबेला उहाँले डिभोर्स दिनुभएन । अहिले मलाई डिभोर्स चाहिएकै छैन, उहाँ दाइको उक्साहटमा लाग्नुभएको छ ।
विगतमा डिप्रेसनमा गएको कुरा सत्य हो । ओभरडोज भएपछि मैले औषधि छाडेको हो । औषधि खाँदा धेरै निन्द्रा लाग्ने, थकाइ लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, भमिट हुने गर्थ्यो । तर, औषधि छाडेपछि अहिले सबै ठीक छ । समयमै सुत्छु, समयमै उठ्छु, सबै काम गर्छु ।
मलाई अंश चाहिएन । मेरा लागि सबैभन्दा ठूला सम्पत्ति नै श्रीमान् र छोराछोरी हुन् । श्रीमान मसँग बस्न नचाहेको हो भने छोराछोरीसँग बस्न सक्छु । उहाँ छुट्टै बस्न सक्नुहुन्छ । तर, मलाई डिभोर्स चाहिएको छैन । १७ वर्ष सँगै बस्दा पनि मैले उहाँलाई विश्वास दिलाउन सकिनँ भने फरक–फरक घरमा रहन सकिन्छ ।
इन्डियाबाट आएपछि डेढ महिनादेखि उहाँसँग बोलचाल छैन । एकै घरमा बस्छु । खाना खान आउँदा खाना पनि दिन्छु । खाना खानुहुन्छ, तर केही बोल्नुहुन्न । कुनै काम परे पनि बोल्नुहुन्न । मलाई धेरै दु:ख लाग्छ । मलाई नराम्रो मान्छेजसरी हेर्नुहुन्छ ।
मैले छोराछोरी हुर्काएँ । अहिले त छोराछोरीले आफ्नो काम आफैं गर्न थालेका छन् । यस्तो अवस्थामा मैले छोराछोरी उहाँलाई दिने कुरै हुन्न । उहाँ राजनीति गर्ने मान्छेले बच्चालाई कतिखेर हेर्नुहुन्छ ? अहिले पनि ४/५ दिनदेखि उहाँ घरमा हुनुहुन्न, मैले नै हेरिरहेको छु ।
अहिले घरमा मलाई धेरै टर्चर छ । डाक्टर'साबले सीसीटीभी क्यामेरा र जासुसी क्यामेराले निगरानी गरिरहनुभएको छ । कसले फोन गर्यो, कसले हेल्प गरिरहेको छ, त्यसको समेत निगरानी गरिरहनुभएको छ । मलाई हेल्प गर्न अगाडि आउने मान्छेले नै घर बिगारिदियो भनेर आरोप लगाउनुहुन्छ ।
हेर्नुहोस्, भिडियो :
भिडियो : शिखा श्रेष्ठ–प्रकाश बुढाथोकी/लोकान्तर
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...