कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडाैं | असोज ३, २०८१
बेरुत–सञ्चारका लागि प्रयोग गर्ने उपकरण जताततै विस्फोटको दोस्रो लहरले लेबनानको हिजबुल्लाह समूहलाई अस्तव्यस्त बनाएको छ ।
उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।
हिजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधवार दोस्रो लहरको विस्फोट भएको हो ।
बेरुतस्थित हिजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
एएफपीटीभीको फुटेजमा दक्षिण बेरुतमा हिजबुल्लाह लडाकुहरूको अन्त्येष्टि समारोहमा विस्फोट हुँदा मानिसहरूको भागाभाग भएको देखाइएको छ ।
‘वाकी–टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्,’ लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।
इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन ।
हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले ‘इजरायल र हिजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा’ पुर्याएको बताए ।
मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीवार पेरिसमा भेटवार्ता गर्ने स्रोतले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनेछन् ।
लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना ‘लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण’ भएको र यसले ‘व्यापक युद्धको सङ्केत’ दिने चेतावनी दिएका छन् ।
हिजबुल्लाहले इजरायल ‘यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार ठहराउँदै बदला लिने वाचा गरेको छ ।
विश्लेषकहरूले पेजर हिजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।
विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताए ।
हिजबुल्लाहको नजिकको एक स्रोतले पेजरहरू ‘भर्खरै आयात गरिएको’ र ‘उपकरण तोडफोड’ गरिएको देखिने जानकारी गराएको छ ।
हालैका महिनामा लक्षित आक्रमणहरूमा धेरै सेना गुमाएपछि आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हिजबुल्लाहलाई यस आक्रमणले ठूलो झट्का दिएको छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...