×

पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी | असोज ५, २०८१

महोत्तरीको बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन । घरको स-सानो काममा पनि परिवारका अन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काम भ्याइनभ्याइ छ । 

Laxmi Bank

कर्मकाण्डी पुरोहित झालाई अचेल एकै दिनमा कैयौँ व्यक्तिको श्राद्ध गराई दिनुपर्ने भएपछि धपेडी बढेको हो । 'यो सयम दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन,' झा भन्छन्, 'एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु ।' 


Advertisment

दिनेश मात्र नभएर उनकै दाजु महेशकुमार झा पनि पितृपक्षमा व्यस्त छन् । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराइदिनुपर्ने भएकाले पुरोहितहरूलाई  अहिले भ्याइनभ्याइ छ । सोह्रश्राद्धमा पितृको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चार/पाँच ठाउँमा कर्मकाण्ड गराउनुपर्ने भएपछि आफूहरूका लागि एकछिन पनि थकाइ मार्ने समय नभएको बर्दिबास–१ का अर्का पुरोहित पुष्पराज काफ्ले बताउँछन् । 


Advertisment

'हेर्नोस् न, आफ्नो पनि खेतीपाती छ, पोटाउँदै गरेको धानमा मल छर्ने बेला छ, यहीबेला पितृपक्षमा सबै यजमान कहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ,' उनि भन्छन्, 'गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्‍यो, त्यसैले आफ्नै घरका परिवारजनलाई पनि सहयोग गर्न पाएको छैन ।' 

यसपालि गत बुधबार पितृपक्ष शुरू भएको हो । 

सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न एक/डेढ घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) गर्न भने कम्तीमा साढे दुई घण्टा लाग्ने पुरोहित बताउँछन् । एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ तर पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र गुरु, दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको कर्मकाण्डी उनीहरूको भनाइ छ । 

यसपालि पहिलो दिनबाहेक सबैजसो तिथि दिनैपिच्छे परेका छन् । प्रतिपदा श्राद्धभने पूर्णिमा कटाएर बुधबार गर्नुपर्दा अपराह्न मात्र गर्न मिलेको थियो । अब तिथिपिच्छेका श्राद्ध गरिँदै यही असोज १६ गते पितृ विसर्जन गरिनेछ । 

असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ तिथि भए पनि पूर्णिमा तिथिको पार्वण श्राद्ध औँसीका दिन गरिने विधानले श्राद्ध १६ हुनेहुँदा यसपक्षलाई सोह्रश्राद्ध भनिएको भङ्गाहा–५ सीतापुरका कर्मकाण्डी पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्मा बताउँछन् । 

हिन्दू वैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएकाहरूको गरिने)  तिथि धेरैजसो  यजमानको घरमा एकै दिन पर्ने भएकाले पुरोहितहरूको व्यस्तता बढ्ने गरेको हो । 

पुरोहितको माग नघटे पनि यसमा लाग्नेहरूको सङ्ख्या घट्दै जाँदा पनि एउटैले धेरै ठाउँ खट्नुपर्ने बाध्यता छ । ब्राह्मण परिवारका नयाँ पुस्ताका सन्तानले यो काममा अनिच्छा देखाउन थालेपछि पुरोहित घट्दै गएका स्वयम् पुरोहितहरू नै बताउँछन् । 

'हाम्रा बाजे, पिताजी र त्यसअघिका पूर्वज पनि कर्मकाण्डमा पारङ्गत हुनुहुन्थ्यो, हामी दाजुभाइलाई पनि बाजे र पिताजीले कर्मकाण्ड अध्ययनमा उत्प्रेरित गर्नुभयो,' बर्दिबास–१ का भागवत काफ्ले भन्छन्, 'तर हाम्रा छोराले यता रुचि देखाएनन्, हामीले पनि कर गरेनौँ ।'

सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दक्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका उनको बुझाइ छ । 

परम्पराअनुसार श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायीको चिन्ता छ । 'खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला ?,' भङ्गाहा–५ सीतापुरका ८७ वर्षीय शालिग्राम ढकाल चिन्ता व्यक्त गर्छन् ।  

वैदिक परम्पराका अनुयायी पाकाजन पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताउँछन् ।  विश्वका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै ठान्नुपर्ने महोत्तरीकै जलेश्वर–४ का बासिन्दा ८४ वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।

कर्मकाण्ड र वैदिक परम्पराभित्र रहेका उचनिचको चलन, जातिपाती तथा छुवाछूतको रूढिवादी परम्परा र बिरालो बाँध्नेजस्ता विकृत चलन हटाउनुपर्नेमा भने अब बूढापाका पनि सहमत देखिएका छन् । 

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x