२६ जेठ २०८३, मंगलबार

बाल गायक मृदुल राठीले ल्याए ‘मेरो मन्दिर’ [भिडियोसहित]

असोज ९, २०८१
काठमाडौं
बाल गायक मृदुल राठीले ल्याए ‘मेरो मन्दिर’ [भिडियोसहित]

​बाल गायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

गायनमा एकदमै रुचि राख्ने राठीले आफ्ना हजुरबुवा, हजुरआमा, बुवा-आमाको प्रेम, त्यागप्रति गीतलाई समर्पित गरेका छन् ।

म्युजिक भिडियोमा बाल गायक राठीकै बुवा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले छायांकन गरेका छन् ।​​

बाल गायक राठीले उक्त गीत हजुरबुवा शंखरलाल राठीप्रति समर्पित गरेका छन् ।

भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई समेत झल्काएको छ ।

भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्