×

‘क्रु मेम्बर’ वा व्यवस्थापनको कारणले निगमको उडान अवरुद्ध नहुने

काठमाडाैं | असोज १८, २०८१

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले ‘क्रु मेम्बर’ वा व्यवस्थापनको कारणले कुनैपनि उडान अवरुद्ध नहुने जनाएको छ । ४५ वर्ष उमेर पुगेका ‘क्याबिन क्रु’हरूको चासोका सम्बन्धमा शुक्रबार निगमका कार्यकारी अध्यक्ष, नायव महाप्रबन्धक, विभागीय निर्देशकहरू, क्याबिन क्रु डिभिजनसहितको बैठकमा आवश्यक निर्णय गर्दै उडान अवरुद्ध नहुने जानकारी गराइएको हो । 

Laxmi Bank

छलफलपछिको निर्णयमा करारका क्याबिन क्रुहरुले ४५ वर्षपछि पनि सेवाको निरन्तरता हुनुपर्ने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा हालेको रिटमाथि हालै भएको अन्तरिम आदेशको सम्बन्धमा निगम व्यवस्थापनलाई कानुनी परामर्शदाताबाट स्पष्ट व्याख्या प्राप्त भएको उल्लेख छ । तर, व्यवस्थापनले यस बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत महान्याधिवक्ताको कार्यालयबाट सो निर्णयको थप स्पष्टताको माग गर्ने निर्णय भएको छ । 


Advertisment

यस्तै हालै उमेरहदको कारणबाट करार अवधि सकिएको सम्बन्धमा प्रजिता कार्कीले निर्देशक, अपरेसन्स विभागलाई आफ्नो विज्ञता दर्साइ निवेदन दिई सेवा प्रवेशको इच्छा राखेको अवस्थामा अदालतको यस सम्बन्धी मुद्दामा पूर्ण पाठ नआएसम्मलाई पुनः ग्राउण्ड सेवा वा उपयुक्त स्थानमा पूरै आधारभूत तलब दिएर करार सेवामा नियुक्त गर्न सकिने निर्णय भएको छ । 


Advertisment

यस्तै विमान परिचारक परिचारिकाहरूको करार सेवा आवधिक हुने भएतापनि उमेर हदको कारणबाट ४५ वर्षभन्दा माथिकालाई उडान सेवा दिन नसकिने व्यवस्था नेपाल वायु सेवा निगमको कर्मचारीहरूको सेवा, शर्तसम्बन्धी विनियमावलीमा स्पष्ट व्याख्या भएको उल्लेख छ । तरपनि अदालतको निर्णयको बर्खिलाप हुनेगरि जान नमिल्ने स्पष्ट व्यवस्था भएको हुँदा ४५ वर्ष भन्दा माथिको सेवा गर्ने विषय निगमको सञ्चालक समिति हुँदै मन्त्रालयमार्फत नेपाल सरकारबाट अनुमोदन गराउनुपर्ने निगमले जनाएको छ । यस्तै विनियमावलीमा अन्य धेरै विषय पनि समेट्नुपर्ने भएको हुँदा कार्यकारी समितिबाट छलफल गरी सोको निक्यौल गरी सञ्चालक समितिमा प्रस्ताव पेस गर्ने निर्णय भएको छ । 

यसैगरी क्रु मेम्बरहरूको सेवा सुविधा सम्बन्धी सिफारिसहरू लागू गर्ने सम्बन्धमा निर्देशक, अपरेसन्स विभागको संयोजकत्वमा मानव संसाधन विभागको निर्देशक, कानुन अधिकृत र सी क्यानको दुईजना प्रतिनिधि समेत रहनेगरि व्यवस्थापनमा यथाशीघ्र प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ । 

निर्णयमा भनिएको छ, ‘यसपश्चात् क्रु मेम्बर वा व्यवस्थापनको कारणले निगमको उडान अवरुद्ध नगरिने ।’ निर्णयमा सर्वोच्च अदालतबाट हुने प्रत्येक आदेशलाई निगम व्यवस्थापनले पूर्ण रूपमा पालना गर्ने पनि स्पष्ट गरिएको छ । 

यसैबीच उक्त निर्णयसँगै क्याबिन क्रु महाशाखाका उपनिर्देशक सुदीप महर्जनले सी क्यानकी अध्यक्ष प्रदा कार्कीलाई पत्राचार गर्दै प्रतिजा कार्कीको विषयमा आवश्यक जानकारी गराएका छन् । पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म निज प्रजिता कार्कीले चाहेमा अपरेशन्स विभागलाई आवश्यक परेको स्थानमा निजको योग्यता र दक्षता अनुसार उपयुक्त देखिएको पदमा करार सेवामा पूरै आधारभूत तलब दिएर राख्नका लागि अपरेसन्स विभागले आवश्यक कार्य गर्ने र तत्कालै नियुक्त गर्ने निजलाई विमान परिचारिका पदमा राख्नुपर्ने भन्ने मागका सम्बन्धमा यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको हुँदा विमान परिचारिका पदमा नै निरन्तरता दिन कानुनी रूपमा मिल्ने नदेखिएको भनी मानव संसाधन विभाग, अपरेशन्स विभाग तथा कानुनी राय पनि प्राप्त भएको पुनः स्पष्ट पारिन्छ ।’

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x