×

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै प्राणी पर्लान् । कसैले जलचर भन्लान्, कसैले गगनचर भन्लान् तर, यथार्थ बेग्लै छ ।

Laxmi Bank

रूपमा यी र यस्तै प्राणी भए पनि सारमा होइनन् । सारमा भन्ने हो भने त त्यस्तो प्राणी मानिस नै हो, जुन संसारकै सर्वाधिक चेतनशील प्राणीमा पर्छ । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नु पर्दैन । किनकि मानिसबाहेक अन्य प्राणीले घर्म छाड्दैनन् । चाहे जड हुन् या चेतन । सबै मानिसजति न हिंस्रक हुन्छन् न बेइमान नै । 


Advertisment

पशुपक्षीले घर्म छाड्दैनन्, रुखबिरुवा वनस्पतिले पनि धर्म छाड्दैनन् । कीटपतङलगायत ठूलादेखि सानासम्म कुनै पनि प्राणीले धर्म छाड्दैनन् । निर्जीव पदार्थको त के कुरा गर्ने यसै धर्म छाड्दैनन्, छाड्न सक्दैनन्, छाडेका हुँदैनन् । हावा, पानी, माटो, अग्नि, वायु, सूर्य कसैले पनि धर्म छाडेको उदाहरण छैन । मूलतः पदार्थ पार्थिव, जलीय, तैजस तथा वायव्य चार किसिमका हुन्छन् । तिनीहरू कसैले पनि धर्म छाडेका हुँदैनन् । सदैव स्वधर्ममा रहेका हुन्छन् । 


Advertisment

अण्डज, स्वेदज, उद्भिज र जरायुज गरी प्राणी पनि चारै किसिमका हुन्छन् । तिनमा अण्डाबाट उत्पन्न हुने अण्डजमा पर्छन्, पसिनाबाट उत्पन्न हुने स्वेदजमा । अनि जमिनबाट उत्पन्न हुने उद्भिजमासालनालसहित जन्मने जरायुजमा पर्छन् । यी चारै किसिमका प्राणीमा मानिसबाहेक अन्य कसैले पनि धर्म छाड्दैनन्, छाडेका हुँदैनन् । हिंसा, क्रुरता, बेइमानीको कुरा पनि त्यस्तै हो । मानिसबाहेक उनीहरू कोही पनि न बेइमान हुन्छन् न प्रकृतिपदत्त स्वभावबाहेक हिंस्रक नै हुन सक्छन् । 

उनीहरूलाई न शैक्षिक संस्थाको आवश्यकता परेको छ न शान्ति र सदाचारजस्ता अनुशासनको पाठ पढाउनुपरेको छ । प्रकृतिका पाठशालाबाट शिक्षित यस्ता प्राणीले स्वतः स्वधर्मलाई पछ्याउँदै आएका छन् तर, मानिसलाई सबै चाहिएको छ । शैक्षिकसंस्था पनि चाहिएको छ । विद्यालय, विश्वविद्यलय पनि चाहिएको छ । पाठ्यपुस्तक पनि चाहिएको छ, पाठ्यक्रम चाहिएको छ । मठ चाहिएको छ, मन्दिर चाहिएको छ, मस्जिद चाहिएको छ,  चर्च, गुम्बा, गुरुद्वारा पनि चाहिएको छ । 

धर्मगुरु पनि चाहियो, धार्मिक पुस्तक पनि चाहियो । भजन, कीर्तन पनि चाहियो, भाषण, प्रवचन पनि चाहियो । कानून चाहियो, नियम चाहियो, विधान चाहियो, संविधान चाहियो, अड्डा चाहियो, अदालत चाहियो । प्रहरी बने, प्रशासन बने, सरकारहरू बने । त्यतिले पुगेन विश्वसंस्था चाहियो । यसको अर्थ हो धेरै नै चाहियो । शायद चाहिनेभन्दा पनि बढी नै चाहियो । स्वर्गका आश पनि देखाइयो, नरकको त्रास पनि देखाइयो । तैपनि मानिसको स्वभाव सुध्रेको छैन, सुध्रन सकेको छैन । न धर्म छाड्न छाडेको छ, न हिंसा गर्न छाडेको छ । न बेइमानी गर्न नै छाडेको छ ।  

न मार्ने क्रम रोकिएको छ, न अकाल मृत्युको क्रम रोकिएको छ । न खोस्ने क्रम रोकिएको छ न खोसेर खाने वा लिने क्रम रोकिएको छ, जसले गर्दा सर्वत्र विवाद छ, सबै क्षेत्र विवादित बनेको छ ।

आकाशमा विवाद, जमिनमा विवाद, भूमिमा विवाद, भवनमा विवाद, पानीमा विवाद, नानीमा विवाद, जवानीमा विवाद, खानीमा विवाद, सानीमा विवाद, ज्ञानीमा विवाद, ध्यानीमा विवाद, बुद्धिमा विवाद, सुद्धीमा विवाद, विवेकमा विवाद, छिमेकमा विवाद, धर्ममा विवाद, धार्मिक पुस्तकमा विवाद, धर्मगुरुमा विवाद, धार्मिक सङ्घसंस्थामा विवाद, संस्कारमा विवाद, संस्कृतिमा विवाद, विचारमा विवाद, सिद्धान्तमा विवाद, समूहमा विवाद, सम्प्रदायमा विवाद, वादमा विवाद, वादीमा विवाद । सर्वत्र विवादैविवाद । 

ईश्वरले मानिस बनायो । त्यहाँ न समूह थियो न सम्प्रदाय । न तेरो थियो न मेरो । न यसको थियो न उसको । थियो त केवल विशुद्ध मानिस तर, मानिसले धेरै बनायो, त्यसै विवादमा शुरू भयो । शक्ति प्रदर्शन पनि भयो, हिंसा तथा, मारकाट भयो, खोस्न थालियो, खोसेर खान थालियो । धर्म छाडा बनियो, बेइमान भइयो, क्रुर हत्यारा र हिंस्रक पनि भइयो । गोली पनि चले, बारुद पनि उडे, बम पनि पड्के । केके भए केके । के ईश्वरले मानिस यसै निम्ति बनाएको हो ? होइन, कदापि होइन तर भइदियो त्यही, भइरहेको छ त्यही । 

आखिर यस्तो किन ? किनकि कि मानिसमा स्वार्थ छ । शायद चाहिनेभन्दा बढी नै छ । त्यसैले यी सब गराएको छ । फलतः संसारमा मानिसजति दुःखी र अशान्त कोही छैन । स्वधर्ममा रहने सबै सुखी र आनन्दित छन्, त्यसलाई लत्याउनेहरू न सुखी छन् न आनन्दित नै । यही हो मानिसको नियति । अस्तु आजलाई यति नै ।

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x