×

नेपाली रहेका देशमा द्वन्द्व बढेपछि परराष्ट्रमन्त्रीले लिइन् ब्रिफिङ

काठमाडाैं | असोज २०, २०८१

 परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले  इजिप्ट, पाकिस्तान र इजरायलस्थित नेपाली नियोग प्रमुखहरूबाट हाल द्वन्द्वग्रस्त मुलुकहरूमा रहेका नेपालीहरुको वर्तमान अवस्था तथा ती मुलुकहरूमा विकसित भइरहेका पछिल्ला घटनाक्रमका बारेमा जानकारी लिएकी छन् । 

Laxmi Bank

आइतबार भर्चुअल बैठक मार्फत छलफलपछि राणाले नियोग प्रमुखहरूसँग छलफल गर्दै लेवनान र इजरायलमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहन, उनीहरुको सुरक्षाको लागि आवश्यक सहजीकरण गर्न र लेवनानमा रहेका नेपालीहरुलाई आवश्यक परेमा स्वदेश फिर्ती तथा उद्दारको लागि समन्वय गर्न निर्देशन दिएकी हुन् । 


Advertisment

उनले लेबनानमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिई सम्बन्धित सरकार र अन्य निकायहरूसँग समन्वय गर्न तथा सुरक्षा चुनौती भई नेपालीहरू लेबनानमा रहन नसक्ने अवस्था भएमा नजिकको मुलुकबाट उद्दार गर्ने सम्भावनाका बारेमा समेत आवश्यक कार्य गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 


Advertisment

सो भर्चुअल बैठकमा इजिप्टका लागि नेपाली राजदूत शुशिलकुमार लम्सालले लेबनानमा करिव १२०० नेपालीहरू रोजगारीको सिलसिलामा युद्ध नभएको स्थान बेरुत र उत्तर तर्फको क्षेत्रमा रहेको बताए । भट्टराईले नेपाली राजदूतावास र वेरुतस्थित नेपालको मानार्थ महावाणिज्यदूत नियमित सम्पर्कमा रहेको बताउँदै हालसम्म कुनै पनि नेपालीले स्वदेश फर्कनको लागि अनुरोध नगरेको जानकारी दिए । 

केही नेपालीहरू आफै नियमित व्यावसायिक उडान मार्फत नेपाल आउने क्रममा रहेको जानकारी दिँदै उनले नेपालीहरूमा केही त्रास रहेको भएतापनि सुरक्षित रहेको जानकारी गराए । 

यस्तै पाकिस्तानका लागि नेपाली राजदूत  तापस अधिकारीले इरानमा रहेका नेपालीहरूको अवस्था बारेमा जानकारी गराए । साथै इजरायलस्थित नेपाली कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले पछिल्लो समयमा इरानबाट क्षेप्यास्त्र प्रहार भएपश्चात नेपालीहरूमा केही  त्रास उत्पन्न भएपनि सबै नेपालीहरू सुरक्षित रहेको बताए । उनले नेपालीहरुसँग राजदूतावास सम्पर्कमा रही आवश्यक सूचना प्रदान गर्ने र सहजीकरण गर्ने लगायतका कार्य गरिरहेको जानकारी गराएका थिए । 

सो अवसरमा परराष्ट्र सचिव सेवा लम्साल लगायत मन्त्रालयका सहसचिवहरू र सम्बन्धित महाशाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास कायरोले यही जुलाई ३० देखि नै नियमितरुपमा लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो अवस्थाका बारेमा जानकारी गराउन अनलाइन पोर्टलमा दर्ता गर्न अनुरोध गर्दै आएको छ । यस्तै सम्पर्क अधिकृत तोकी इमेल ठेगाना, मोवाइल नम्बर उपलब्ध गराउँदै आवश्यक सूचना र जानकारी उपलब्ध गराउँदै आएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले लेबनानमा रहेका नेपालीहरूको सुरक्षाप्रति सचेत रहँदै सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरण गर्दै आइरहेको जनाएको छ । साथै लेबनानमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन र समस्या परेमा तत्काल सम्पर्क अधिकृतहरुसँग समन्वय गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ । 

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x